इन्फेक्सन हुनबाट जोगिन अपनाउनुस यो उपाय !



Download our app to get more features

निद्रा हाम्रो स्वास्थ्यका लागि अति आवश्यक हुन्छ । समयमा सुतेनौँ र निद्रा पुरा भएन भने हामीलाई विभिन्न समस्याहरु हुन थाल्छ । हामिले आफ्नो खानपानका साथै व्यायाममा विशेष ध्यान दिँदा दिँदै पनि अस्वस्थ हुने गर्छौँ । खानपान र व्यायामका बाबजुद हामी अस्वस्थ हुनुको कारण हो , निद्रा पुरा नहुनु ।

हालै गरिएको एक अध्ययनका अनुसार, निद्राको सिधा सम्बन्ध हाम्रो इम्यून सिस्टमसँग हुन्छ । नेशनल हेल्थ एन्ड न्यूट्रीशन एक्जामिनेशन द्वारा गरिएको एक सर्वेमा, इम्यून सिस्टमको सक्रियता तपाईँ कति घण्टा सुत्नु हुन्छ त्यसमा निर्भर हुन्छ ।

यस अध्ययनका लागि अध्ययनकर्ताहरुले २२ हजार ७ सय २६ वयस्क व्यक्तिमाथि सन् २००५ देखि २०१५ सम्म परीक्षण गरेको थियो । यस अध्ययनबाट जो व्यक्ति कम सुत्छन् उनको इम्यून सिस्टम कमजोर हुन्छ र उनलाई रुघाखोकी, ज्वरो जस्ता रोगले सजिलै समात्ने गरेको पत्ता लागेको छ । त्यतिमात्र नभई निद्रा पुरा भएन भने टाउको दुख्ने, आँखा पोल्ने समस्या पनि हुन्छ ।

विशेषज्ञहरुका अनुसार, जो व्यक्ति पाँच घण्टाभन्दा कम सुत्ने गर्छन् उनमा रुघाखोकी र ज्वरो लाग्ने सम्भावना २० प्रतिशत सम्म बढी हुन्छ भने ७ घण्टा सम्म सुत्ने व्यक्तिमा संक्रमणको खतरा नगन्य मात्रामा हुन्छ । साथै तपाईँ कति घण्टा सम्म सुत्नु हुन्छ त्यसले पनि तपाईँको स्वास्थ्यमा प्रभाव पार्छ भन्ने कुरा अध्ययनबाट पत्ता लागेको छ ।

अध्ययनकर्ता मध्येका प्रमुख एरिक प्रथेरका अनुसार, रोग प्रतिरक्षा प्रणालीलाई ठिक बनाई राख्न र राम्रो सँग काम गरिरहोस त्यसका लागि चाहिने जति निद्रा पुरा गर्नु पर्छ ।


(एजेन्सीको सहयोगमा)

 

Last modified on 2018-12-26 06:25:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts