राप्रपाले ल्यायो घोषणा पत्र :स्वास्थ्य सेवा विस्तार सहित बिभिन्न योजना

What's This?


Download our app to get more features

काठमाण्डौ, १३ बैशाख । राप्रपाले प्रत्यक गाउँ तथा नगरपालिकामा कम्तिमा २५ बेडको एक अस्पताल निर्माण गर्ने र अनुदान प्राप्त अस्पतालमा प्राथमिक स्वास्थ निःशुल्क गराइने बताएको छ । बुधबार पार्टीको घोषणापत्र सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो । 

राप्रपाले गाउँ तथा नगरपालिकाहरुमा स्वास्थ्य उपचार कोष खडा गरेर क्यान्सर र मृगौला फेल भएका बिरामीहरुलाई १ लाख औषधोपचार खर्च दिईने पनि बताएको छ । 

‘गाउँ नगरपालिकाको प्रत्येक वडामा कम्तिमा २ जना महिला स्वास्थ्य स्वयंसेविका नियुक्त गरिने छ तथा आबश्यक तालिम दिई स्वस्थ्य सम्बन्धि चेतना बिस्तार र प्रारम्भिक सेवा सुविधा घरदैलोमा नै पुराउने व्यवस्था गरिने छ’ राप्रपाको घोषणा पत्रमा उल्लेख छ । 

राप्रपाले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई कम्तिमा मासिक २ हजार निर्वाह भत्ता दिने व्यवस्था गरिने पनि बताएको छ । राप्रपाले आफ्नो घोषणापत्रमा विपन्न परिवारका छोरा–छोरी जन्मना साथ गाउँ नगरपालिकाले प्रति शिशु एकमुष्ठ ५ हजार रुपैयाँ सुपोषण अनुदान प्रसुति हुने आमामार्फत प्रदान गरिने उल्लेख गरेको छ ।

पाँच बर्ष भित्रमा हरेक नेपालीको स्वास्थ्य विमा गरिने र जेष्ठ नागरिकले पाउने सामाजिक सुरक्षा भत्ता ६० वर्ष उमेर पुरा गरेपछि नै उपलब्ध गराईने राप्रपाले आफ्नो घोषणापत्रमा लेखेको छ । 

Last modified on 2017-06-15 16:41:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts