पेट तथा खुट्टामा नसा फुट्ने समस्या के हो ?

(भिडियो सहित)



Download our app to get more features

क्कासी पेट तथा खुट्टामा नसा फुट्ने समस्या धेरैमा छ । पेटमा नसा फुटेर कम उमेरमा नै मानिसको मृत्यु समेत हुने गरेको छ । किन फुट्छ पेट तथा खुट्टामा नसा ? यसले कस्तो असर गर्छ ? रक्त नसा रोग विशेषज्ञ डाक्टर संदिप राज पाण्डे :

पेट तथा खुट्टामा नसा फुट्ने समस्या धेरैमा हुन्छ । यो समस्यालाई सामान्य रुपमा लिनु हुँदैन किनभने यसले ज्यानै समेत लिन सक्छ । विशेष गरेर पेटमा भित्री धमनी फुट्ने गर्दछ भने खुट्टामा बाहिरी नसा फुट्दछ ।

नसा फुट्ने प्रमुख कारण यस्ता छन् :
खुट्टामा
खुट्टामा फुट्ने भनेको सिरा नसा हो । बाहिरी चोटपटक लागेर, क्रोनिकमा छाला मुनी फुट्दा र नसा कमजोर हुँदा खुट्टामा नसा फुट्दछ ।

पेटमा
खुट्टामा फुट्ने नसा भन्दा पेटमा फुट्ने नसा गम्भिर प्रकृतिको हुन्छ । धमनी फुट्ने भएकाले पनि समयमा उपचार नभए मृत्यु समेत हुनसक्छ । 

  • बढी धुम्रपान तथा मध्यपान गर्नु ।
  • उच्च रक्तचाप ।
  • कमजोर नसा वा नसामा कुनै पनि समस्या आउनु ।
  • बढी तौल ।

लक्षण :
खुट्टामा

  • खुट्टा नसा बाहिरबाटै ठुलो देखिनु ।
  • खुट्टा भारी हुनु ।
  • खुट्टा झम्झमाउनु ।

पेटमा

  • पेटमा नसा बल्किएको आवाज बाहिरै सुन्नीने ।
  • पेट दुख्ने ।
  • ढाड दुख्ने ।

उपचार पद्धति :
नेपालमा यस्को प्रभावकारी उपचार संभव छ । नसाको अवस्था कस्तो छ भनि हेरे पश्चात चिरेर, सल्यक्रिया गरेर वा जाली लगाएर उपचार गरिन्छ । विशेषज्ञद्धारा स्तरीय उपचार गराए दोहोरीने संभावना पनि न्यून रहन्छ । 

भिडियो हेर्नुस् । 

Last modified on 2018-11-02 13:55:58


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts