सिंडी चढ्नुको फाईदा थाहापाई राख्नुहोस् 

What's This?


Download our app to get more features

केही समय अगाडी गरिएको एक अध्ययननबाट पत्ता लागेको छ कि दैनिक रुपमा सिंडी चढ्नाले तपाईँ हरेक समय फ्रेस रहनुहुन्छ । 

अध्ययनका अनुसार दैनिक १० मिनेट यदि तपाईँ सिंडी चढ्नुहुन्छ भने तपाईँ दिनभर फ्रेस अनुभूत गर्नुहुनेछ । 

अमेरिकाको जर्जिया विश्वविद्यालयका प्रोफेसर जे.ओ. कोनरका अनुसार कफिनको प्रयोग र सिंडी चढ्नुले समान प्रकारको उर्जा दिन्छ । 

साइकोलोजी एण्ड बिहेवियर नामक पत्रिकामा प्रकाशित भएको यो अध्ययन कार्यालयको माहोलमा आउने समस्याहरुलाई घटाउन गरिएको थियो, जहाँ कर्मचारी लामो समय कम्प्यूटरको अगाडी बस्दथे ।

यो अध्ययनमा सहभागिहरुलाई फरक समुहमा बिभाजन गरेर प्रत्यक दिन एक समुहलाई कफिनको क्याप्सुल र अर्को समुहलाई १० मिनेट सिंडी चढ्न र ओर्लन लगाईयो । 

ओरेकोन भन्छन् मानिसहरु आफ्नो कार्यालयमा यो व्यायाम सजिलै गर्न सक्छन् ।
 

Last modified on 2017-06-15 11:16:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts