बिरामी आइसियुमा हुँदा यस्ता कुरामा ध्यान दिउँ 



Download our app to get more features

कुनै पनि बिरामी सघन उपचार कक्ष (आइसियु)मा रहनु भनेको बिरामीको अवस्था नाजुक छ भन्ने हो । यो अवस्थामा बिरामीको विशेष हेरचाहमा विशेषज्ञ सचेत हुनुपर्छ । जतिखेर, जुनसुकै बेला नराम्रो परिणाम नआउला भन्न सकिन्न । 

सघन उपचार कक्षमा एउटै रोगका बिरामी मात्र हुन्छन् भन्ने छैन् । जुनसुकै रोगका (मुटु, कलेजो, छाती फोक्सो, टाउको, मिर्गौला, पेट आदि ) बिरामी रहन सक्छन् ।

आइसियु अति संवेदनशील ठाउँ भएकाले यसलाई सामान्य रुपमा लिनु हुँदैन । जबकी कतिपय मानिसले साधारण बिरामीलाई जस्तो सोच्दा कहिलेकाँही सानो असावधानीले बिकराल रुप पनि लिने गरेको छ । 

आइसियुमा रहेका बिरामीका आफन्तलाई चिकित्सक र अस्पताल प्रशासनले सदैब बिरामीको अवस्था, पछि आउने संभावित परिणाम, लाग्न सक्ने लागत सबैको बारेमा पहिले नै जानकारी गराउनुपर्छ । साथै समय समयमा बिरामीका आफन्तलाई बिरामीको वास्तबिक अवस्था (सुधार भए नभएको, अवस्था उस्तै रहेको आदि) बारे जानकारी गराउनुपर्छ । यसो गर्दा एकातिर बिरामीको अवस्थाले पीडामा रहेका आफन्तलाई सान्त्वना मिल्छ भने अर्को तर्फ चिकित्सक र बिरामीका आफन्तबीच मनमुटावको संभावना न्यून रहन्छ । 

आइसियुका बिरामीको प्रभावकारी उपचारमा चिकित्सक, अस्पताल प्रशासन र बिरामीको आफन्तको सौहार्द व्यावहारले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । सबै पक्षबीच सन्तुलन नहुँदा कतिपय अस्पतालमा पटक पटक मनमुटाब, झैझगडा, तोडफोड भएको पाइन्छ । यस्ता कुरामा सरोकारवाला सबै पक्ष सचेत हुन जरुरी छ । 

प्रस्तुतीः सर्मिला थापा

Last modified on 2018-12-30 14:31:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts