कानको संक्रमण खतरनाक हुनसक्छ (भिडियोसहित)



Download our app to get more features

काठमाण्डौं, १० वैशाख । तपाईंलाई पनि कहिलेकाहीँ निकै कान दुखेको अनुभव पक्कै होला । हरेक मानिस कुनै न कुनै बेला कानको समस्याबाट ग्रसित भएकै हुन्छ । हेर्दा सामान्य लागेपनि कान दुख्ने समस्याले पछि ठूलै समस्या निम्ताउन सक्छ ।
कानको समस्या व्यक्तिपिच्छे फरक फरक हुन सक्छ ।

मानिसको कान तिन भागमा बिभाजित हुन्छ । बाहिरी कान, भित्रि कान र मध्य कान । नाक कान घाँटी रोग विशेषज्ञ डा.प्रियंका गुप्ताका अनुसार कानमा देखिने समस्या मध्य कान दुख्ने, कान पाक्ने र कान नसुन्ने रहेको छ । कान पाक्ने समस्या बाहिरी कान र मध्य कान हुने गर्छ ।

कानको जालीमा कानको माथिल्लो भागमा एका प्रकारको हड्डी खाने रोग हुन्छ । त्यो रोग लाग्यो भने पनि कानबाट पिप आउन सक्छ । बाहिरी कानका रोगहरुमा कान दुख्ने, कानमा घाउँ आउने, कानमा पिप आउने, कानमा ढुसी लाग्ने रोगहरु देखापर्छन् । भित्रि कानको रोगहरुमा नसा कमजोर हुने, चक्कर लाग्ने, बुढेसकाल लाग्दै गएपछि कान नसुन्ने जस्ता  रोगहरु देखा पर्न सक्ने डा.गुप्ताको भनाई छ ।

कानमा देखा पर्ने समस्याको समयमै पहिचान गरी उपचार नगरे कालान्तरमा कानै नसुन्ने जस्ता समस्यासमेत देखापर्न सक्छ । लविशेष गरी ८ वर्षसम्मका बालबालिकाहरुमा बढी कानको संक्रमण देखापर्छ । कानको संक्रमणबाट आफ्ना बालबालिकाहरुले सानैदेखि कान सुने नसुनेको बिचार गर्ने, कानभित्र तेल नहाल्ने, नुहाउँदा कानमा भ्यासलिन मिसाएर कपास राख्ने, कानेगुजीहरु सफा गरीरने जस्ता व्यवहारहरु अपनाउनु पर्छ ।

कानबाट निरन्तर पिप बगिरहे वा अरु कुनै समस्या देखा परे तुरुन्तै सम्बन्धित विशेषज्ञहरुसँग परामर्श लिन समेत चिकित्सकहरुको सुझाव छ ।

 

Last modified on 2016-04-22 12:56:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts