साईकल चलाउने गर्नुहोस् क्यान्सरको संभावना कम हुन्छ 

What's This?


Download our app to get more features

भनिन्छ बिरामी हुनुभन्दा बिरामी हुनुपूर्व रोग लाग्न नदिने उपाय अपनाउनु राम्रो हुन्छ । यस्तैमा एक अध्ययन सार्वजनिक भएको छ । नियमित रुपमा साइकल चलाउने व्यक्तिहरुमा क्यान्सर, मुटुसम्बन्धी रोग र असामायिक मृत्यू हुने संभावना कम रहन्छ । 

ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित गरिएको अध्ययनमा भनिएको छ कि नियमित रुपमा साइकल चलाउनाले तपाईँलाई क्यान्सर जस्तो गम्भिर रोगबाट बचाउन मद्दत गर्दछ । 

अध्ययनकर्ताहरुले पैदल यात्रामा निस्कनु भन्दा पनि साइकल यात्रामा निस्कनु धेरै लाभदायी हुने बताएका छन् । दैनिक रुपमा साइकल चलाउनुले क्यान्स र मुटु सम्बन्धी रोगको संभावनालाई ४५ प्रतिशत कम गरिदिने अध्ययनकर्ताहरुको दाबी छ । पैदल यात्रामा निस्कले व्यक्तिहरुमा क्यान्सर र मुटु सम्बन्धी रोगको संभावना २७ प्रतिशत कम हुने अध्ययनमा बताईएको छ । 

यो अध्ययन २ लाख ६४ हजार ३ सय ७७ व्यक्तिमा गरिएको थियो । 

Last modified on 2017-06-15 10:47:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts