कलेजोको लागि फाइदाजनक ‘ओमेगा–३’ एसिड



Download our app to get more features

‘ओमेगा–३’ फ्याट एसिडको ठूलो फाइदा बाहिर आएको छ । अध्ययनका अनुसार ‘ओमेगा–३’ले मोटो व्यक्तिहरुमा हुने कलेजोको समस्याबाट जोगाउन सहयोग गर्दछ । 

अमेरिकाको ओरेगोन स्टेट विश्वविद्यालयका अध्ययनकर्ताहरुका अनुसार ‘ओमेगा–३’ फ्याट एसिडको प्रमुख डीएचएले कलेजो क्यान्सर र सिरोसिसका बिरामीहरुलाई एनएएसएचको फैलावटलाई रोक्न सहयोग गर्दछ । एनएएसएच फैलनुलाई कलेजोको क्यान्सको प्रमुख कारण मानिन्छ । 

आजसम्म यसको कुनै प्रमाणित औषधी तथा उपचार पत्ता लागेको छैन । तौल घटाएर यस रोग लाग्नलाई कम गर्न सकिन्छ । प्रोफेसर डोनाल्ड जम्प भन्छन्, ‘ओमेगा–३ले एनएएसएचलाई पूर्ण रुपमा नास भने गर्दैन, तर यसको फैलावट र धेरै गम्भिर अवस्था आउनबाट भने जोगाउँछ ।’
 

Last modified on 2018-11-24 06:29:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts