पसिनाबाट पत्ता लाग्छ रोग

What's This?


Download our app to get more features

भर्खरै यस्तो सेन्सरको अविस्कार गरिएको छ जसले पसिनाको जाँच गरेर तपाईँमा भएको रोग पत्ता लगाइदिन्छ । नाडीमा बाँधिने उक्त सेन्सरले पसिनाको माध्यामबाट डायबिटिज र सिस्टिक फाइब्रोसिस पत्ता लगाउन सहयोग गर्दछ । 

अमेरिकाको स्टाण्डफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताले यो सेन्सर बनाएका हुन् । सेन्सरले पसिनामा भएको क्लोराइड आयन र ग्लुकोजको मात्रा जाँच गर्दछ । क्लोराइड आयनको स्तर बढ्नु सिस्टिक फाइब्रोसिसको संकेत हो । सिस्टिक फाइब्रोसिसमा फोक्सो, प्याक्रियाज र अन्य अङ्गमा पीप जम्मा हुन थाल्दछ । 

ग्रामिण क्षेत्रहरु जहाँ बिरामीहरुको उचित स्वास्थ्यसेवाबाट बञ्चित छन् त्यस्ता क्षेत्रमा यसको प्रयोग लाभदायी हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । प्रोफेसर रोनाल्ड डेविसका अनुसार, यो सेन्सरको प्रयोगले अन्य लक्षणहरुको पहिचान र बीरामीको अध्ययनमा पनि प्रयोग गर्न सकिन्छ । 
 

Last modified on 2018-10-29 07:25:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts