गर्भावस्थामा कहिल्यै नगर्नुस यि काम !



Download our app to get more features

आमा बन्नु प्रत्येक महिलाको लागि एक अति नै खुशिको समय हो । आमा बन्नु जति सुखद कुरो हुन्छ त्यति नै कष्टकर पनि । आमा बन्ने समयमा प्रत्येक महिलाले आफ्नो स्वास्थ्यको धेरै नै ख्याल गर्नुपर्ने हुन्छ । ती मध्ये गर्भावस्थामा गर्न नहुने यि कामलाई ध्यान दिनु आवश्यक छ ।

जानौँ गर्भावस्थामा कहिल्यै गर्न नहुने यि कामका बारेमा :

१. दिनमा धेरै सुत्नु हुँदैन, र राती अवेर सम्म जाग्नु हुँदैन ।

२. दौडधुप, नाच्ने, छिटो छिटो हिड्ने वा धेरै परिश्रम गर्नु हुँदैन ।

३. साइकल चलाउने, उकालो चढ्ने, कतै जाँदा घोडा चढ्ने, धेरै उठ वस गर्नु हुँदैन ।

४. कसिलो (टाइट) लुगा नलगाउने, टाइट लुगाले तपाईँको छाती , पेट र ढाँडमा बढी दवाव पर्न सक्छ । 

५. कुनैपनि किसिमको गहु्रँगों सामान नउठाउने । कुनैपनि किसिमको तनाव नलिने ।

६. आराम गर्नुपर्छ भन्दैमा धेरै नै आराम पनि गर्नु हुँदैन । सामान्य किसिमका र हल्का परिश्रम हुने कामहरु गरिरहनुु पर्छ ।

७. धुमपान, मद्यपान जस्ता लत छ भने त्यसबाट टाढै बस्नुस ।

गर्भावस्थामा यि कुरामा ध्यान दिने 

१. शारीरिक सरसफाइमा पूर्णरुपले ध्यान दिने, नियमित नुहाउने गर्नुपर्छ । जाडो मौसममा तातोपानीले नुहाउने गर्नुपर्छ ।

२. सामान्य किसिमका व्यायामहरु गर्ने । नियमित रुपमा विहान र साँझको समयमा डुल्ने (जगिंङ) गर्नुपर्छ । 

३. लुगा लगाउँदा हल्का सुतिको लुगा लगाउने ।

४. पानीको पर्याप्त मात्रामा पिउने ।

५. घरको नियमित कामहरु गरिरहनु पर्छ । जस्तै, घरको सफाई गर्ने, पोछा लगाउने ।

६. समय धेरै नै परिवर्तन भइसेकाले जाँतो लोप भइसकेको अवस्था छ । तर, सकेसम्म उपलब्ध भएको छ भने गर्भावस्थाको आठौँ महिनामा जाँतो चलाउने गर्नुपर्छ । यसले डेलिभरी सामान्य अवस्थामा हुन्छ ।

 

(एजेन्सीको सहयोगमा)

Last modified on 2019-01-07 13:28:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts