'नमुना नेपाल' प्रोजेक्टलाई २५ लाख सहयोग गर्ने अल्का अस्पतालको घोषणा



Download our app to get more features

काठमाण्डौ, २२ जेठ । अल्का अस्पतालले धुर्मुस सुन्तली फाउण्डेसनको तेस्रो परियोजना नमुना नेपाल निर्माणमा २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । 

राजधानीमा सोमवार आयोजित नमुना नेपाल निर्माणको अवधारणा सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै अल्का अस्पतालका अध्यक्ष कुमार थापाले फाउण्डेसनको उक्त परियोजना निर्माणलाई २५ लाख रुपैया सहयोग गर्ने घोषणा गरेका हुन् । 

नेपाललाई विश्व सामु चिनाउन धुर्मुस सुन्तली फाउण्डेसनले शुरु गरेको परियोजनालाई सफल बनाउने अभियान अन्र्तगत आफुले उक्त रकम सहयोग गर्न लागेको अध्यक्ष थापाले बताए । “विगतमा सामाजिक उत्तरदायित्वको क्षेत्रमा हामीले थुप्रै सहयोगका कार्यक्रम गरिसकेका छौ”  अध्यक्ष थापाले भने, “तर नेपाललाई विश्व सामु चिनाएर समग्र नेपालीको शिर उचो पार्ने यस महान अभियानलाई एक नेपालीको तर्फबाट सफल पार्ने प्रयास स्वरुप सहयोग गर्न पाँउदा खुसी लागेको छ । ”

उक्त रकम फाउण्डेसनले माग गरे लगत्तै प्रदान गरिने थापाले बताए । कार्यक्रममा धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलले सहयोगको घोषणाप्रति धन्यवाद दिदै नमुना नेपालको परियोजनालाई सफल बनाउने अभियानमा उक्त रकमले ठुलो सहयोग पुग्ने भन्दै खुशी व्यक्त गरे ।  

Last modified on 2017-06-11 16:37:09

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts