ट्याटू बनाउन चाहनुहुन्छ ? ध्यान दिनुस् नत्र जान सक्छ ज्यान !



Download our app to get more features

बदलिदो समय सँगै युवाहरुमा आफ्नो लुकलाई परिवर्तन गर्न ट्याटू बनाउने लहर अहिले निकै नै तिव्रताका साथ बढिरहेको छ । विभिन्न रङमा स्थायी र अस्थायी रुपमा विभिन्न किसिमका आकृतिहरुका् ट्याटू बनाउनेमा युवाहरु निकै नै आकर्षीत देखिन्छन् । तर, के तपाईँलाई थाहा छ ट्याटू बनाउनुमा कतिको खतरा छ र ती खतराले हाम्रो ज्यान समेत जान सक्छ ? त्यसैले यदि तपाईँ पनि ट्याटू बनाउन चाहनुहुन्छ भने केहि सावधानीलाई अपनाउन सक्नु हुन्छ । यी सावधानीलाई अपनाइयो भने तपाईका लागि राम्रो हुन सक्छ र ज्यान जानबाट पनि जोगिन सकिन्छ ।

हालै एक ३१ वर्षीय व्यक्तिको ट्याटूका कारण ज्यान गएको छ । उक्त व्यक्तिले ट्याटू बनाइ सकेपछि  समुद्रमा नुहाउन जाँदा समूद्री पानीमा भएको मांसाहारी ब्याक्टेरियाको संक्रमणले गदौ ज्यान गयो । नयाँ ट्याटू बनाइ सकेपछि एक साता सम्म पोखरी वा समूद्रमा पौडी खेल्ने, नुहाउने काम नगरौँ ।  

ट्याटू बनाइसकेपछि यी कुरामा दिनुस् विषेश ध्यान...

छाला संवेदनशिल छ भने 

यदि तपाईँको छाला संवेदनशिल छ भने ट्याटू बनाउनु भन्दा पहिले डाक्टरसँग सल्लाह लिनु पर्छ । छालामा यदि कुनै प्रकारको चोट वा दाग छ भने त्यो चोट र दाग निको हुने समय सम्म कुर्नु पर्छ ।

राम्रो ठाउँ (सफा) भएको ट्याटू पार्लरमा मात्रै ट्याटू बनाउने

ट्याटू बनाउनु भन्दा पहिले कतिको स्वच्छ र सफा ठाउँ छ त्यसको ख्याल पुर्याउने । राम्रो र सफा ठाउँमा मात्रै ट्याटू बनाउने र ट्याटू बनाउने सियो पनि नयाँ राखेर मात्र बनाउन लगाउने । अन्यथा अरुलाई प्रयोग गरेको सियोले तपाईँलाई सक्रमण हुन सक्छ ।

ट्याटू बनाउनु भन्दा पहिले रक्सि वा नसिलो पदार्थको सेवन नगरौँ 

ट्याटू बनाउनु भन्दा पहिले रक्सि वा नसिलो पदार्थको सेवन गर्नु हुँदैन । किन की रसिले तपाईँको रगतलाई पातलो बनाइ दिन्छ । जसले गर्दा ट्याटू बनाउने समय रक्तस्राव हुने हुन्छ जुन तपाईँको लागि खतरनाक पनि हुन सक्छ ।

स्थायी रुपमा बनाइएको ट्याटू हटाउन हुन्छ गाह्रो

ट्याटू बनेको भागलाई सँधै सफा गरेर राख्नु पर्छ, जसले गर्दा त्यसभागमा कुनै पनि किसिमको संक्रमण नहोस् । ट्याटू बनाउनु भन्दा पहिले ध्यान दिनुस कि स्थायी रुपले बनाइएको ट्याटूलाई हटाउन गाह्रो हुन्छ र यसलाई हटाउनका लासग विभिन्न प्रकारका प्रक्रिया पूर्ण रुपले सफल नहुन पनि सक्छ । साथै स्थायी ट्याटूलाई हटाउने प्रक्रियाका साइडइफेक्ट्स पनि हुने सम्भावना रहन्छ ।

घामबाट जोगाउनुस 

ट्याटू बनाइसकेपछि दु हप्तासम्म त्यसमा पानीको प्रयोग गर्नु हुन्न र त्यसलाई घामबाट पनि जोगाउनु पर्छ । किनकी घाममा पाईने यूवी किरणले छालालाई डढाईदिने गर्छ जुन हाम्रोलागि नोक्सानदेह हुन सक्छ । ट्याटू बनाइएको भागलाई कम से कम दु साता सम्मका लागि ढाक्ने गरी लुगा लगाउनु पर्छ ।

मोइस्चराइजर लगाउने

ट्याटू बनाइसकेपछि प्रत्येक दिन ट्याटूमा थोरै–थोरै गरी मोइस्चराइजर वा ओलिभ ओइल लगाउने गर्नु पर्छ ।

एक वर्ष सम्म रक्तदान नगरौँं

एउटा कुराको सँधै ध्यान राख्नुस् कि ट्याटू बनाई सकेपछि लगभग एक वर्ष सम्म रक्तदान हुँदैन । किनकी ट्याटू बनाउने समयमा शरिरबाट रगत निस्केको हुन्छ र फेरि तपाईँले रक्तदान गर्नुभयो भने त्यो तपाईँको स्वास्थ्यको लागि हानिकारक हुन सक्छ ।

 

(एजेन्सीको सहयोगमा)

Last modified on 2018-10-23 06:56:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts