किन हुन्छ महिनावारीको बेला कम रक्तश्राव ?जानौं ८ कारण



Download our app to get more features

प्रायः जसो महिलाहरु महिनावारीसँग सम्बन्धित छुट्टा–छुट्टै समस्याले ग्रसित हुने गर्छिन् । कसैलाई अत्यधिक मात्रामा रक्तस्त्रावको समस्या हुन्छ भने कसैलाई कम रक्तश्राव हुने गर्छ । कतिपय महिलाहरुमा महिनावारीको समय रक्तस्रावका साथै शरीरका विभिन्न भाग बाउडिने समस्या पनि हुन्छ । साथै पेट दुखाई र वाकवाकी लाग्ने पनि हुन्छ । तर, यस्तो कुनैपनि समस्या भयो भने चिकित्सकसँग सल्लाह लिनु नै राम्रो हुन्छ, किन की कम रक्तश्राव हुनुको पनि विभिन्न कारणहरु हुन सक्छन् । जुन तपाईँको स्वास्थ्यको लागि हानिकारक पनि हुन सक्छ ।

कम रक्तश्रावका ८ कारण

१. शरीरमा हर्मोनले हुने परिवर्तनले तपाईँको महिनावारीमा रक्तश्रावको मात्रालाई बढाउने वा घटाउने गर्ने हुन्छ । यदि तपाईको महिनावारी सामान्य थियो र अब कम रक्तश्राव हुँदैछ भने डराउनु हुँदैन र चिकित्सकसँग सल्लाह लिइ हाल्नुपर्छ ।

२. आधा उमेरकी महिलाहरु जो महिनावारी रोकिने अवस्थामा पुगिसकेका हुन्छन् उनीहरुलाई पनि रक्तश्राव कम हुने गर्छ । किनकी उनीहरुको शरीरमा एस्ट्रोजोनको मात्रा कम हँुदै जान्छ ।

३. कम उमेरका महिलाहरुमा पनि लाइट ब्लीडिंगको समस्या हुने गर्छ । विशेषगरी कम रक्तश्राव त्यो महिलाहरुमा हुने गर्छ जसको महिनावारी सुरु हुने क्रम हुन्छ । लाइट ब्लीडिंगका साथै कतिपटक त महिनावारी नै धेरै समय सम्म नहुने पनि समस्या हुन्छ ।

४. जीवनशैलीमा परिवर्तन, शारीरिक क्रियाकलाप बढ्ने वा घटने तथा तनावले गर्दापनि  रक्तश्रावको मात्रामा प्रभाव पार्छ ।

५. थाइराइडको अवस्था, खानपान, पोलिसिस्टिक ओवेरियन सिन्ड्रोम, स्वास्थ्य सम्बन्धी समस्याले गर्दा पनि महिनावारीमा प्रभाव पार्ने हुन्छ । 

६. गर्भनिरोधक औषधिको सेवनले पनि महिनावारीमा परिवर्तन आउने गर्छ जसले गर्दा रक्तश्रावको मात्रामा कमि आउन थाल्छ ।

७. गर्भावस्थाका समय पनि महिलाहरुमा म्यूकस डिस्चार्ज हुन्छ, जुन सामान्य रक्तश्रावको जस्तै हुने गर्छ । यदि यो धेरै मात्रामा हुने गरेको छ भने तुरन्त डक्टरसँग परामर्श लिइहाल्नुपर्छ ।

८. गर्भावस्थाका बेला पहिलो तीन महिना सम्म सामान्य रक्तश्राव हुन्छ जुन मिसक्यारेजको संकेत पनि हो । त्यसैले यस्ता समस्या भएमा बिनाकुनै लापरवाही तपाईले डाक्टरसँग परामर्श लिनु उचित हुन्छ ।

यदि तपाई यस्ता समस्याबाट बच्न चाहनुहुन्छ भने समयमै उपचार र परामर्श लिनु राम्रो हुन्छ । साथै कम रक्तश्रावको बेला अदुवा, दालचीनी, धनियाँ, ज्वानो वा तातो खाना खानबाट बच्नुपर्छ । 

 

(एजेन्सीको सहयोगमा)
 

Last modified on 2019-02-24 06:57:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts