छातीमा ढुंगालो थिचे जस्तो अनुभव त हुदैन ? हृदयघातको लक्षणपनि हुनसक्छ !



Download our app to get more features

मुटुका आफ्नै मांसपेशीमा रगत प्रवाह गर्ने रक्तनलीमा संकुचन हुन सक्छ ।

त्यस्तै रक्तनलीमा बोसो जम्दै साँघुरिदा पनि छातीमा दुखाइ हुन सक्छ तर मानिसलाई आरमको अवस्थामा भने केही हुँदैनभने काम गर्दा, उकालो चढ्दा, भारी उठाउँदा वा मुटुले बढी काम गर्नुपर्ने कुनै अवस्था आएमा साँघुरिएको मांसपेशीलाई अक्सिजनको कमी हुन पुग्छ । यही कारण अचानक छाती दुख्न थाल्छ । रक्तनली धेरै नै साँघुरो भइसकेको छ भने छ भने त दुई–चार पाइला हिंड्दा पनि छाती दुख्न थाल्छ । यस्तो दुखाई छातीमा ठुलो ढुंगाले थिचेजस्तो या धारिलो वस्तुले थिचेजस्तो या छातीमा केही धारिलो वस्तुले घोचेजस्तो हुन्छ ।

यस्तो दुखाइ धेरैजसो समयमा देब्रे पाखुरातिर तथा कहिलेकाहीँ चिउँडोको देब्रे भागतिर पनि सर्छ । यस्तो अवस्थामा श्वासप्रश्वासमा गाह्रो हुने, छट्पटी हुने लगायतका समस्या पनि हुन सक्छ । छाती दुखेको समयमा केहीबेर आराम गरेपछि वा गरिरहेको काम चटक्कै छोडेर आराम गरेमा दुखाइ कम हुँदै जान्छ । यस्तो दुखाइलाई मेडिकल भाषामा एन्जाइना भनिन्छ । तर, साँघुरिएको रक्तनलीमा अकस्मात रगत जम्न गई रक्तनली पूरै बन्द भइदियो भने हृदयाघात हुन सक्छ । यस्तो अवस्थामा रक्तनलीले रगत पुर्याउनुपर्ने मुटुको माासपेशी निष्क्रिय  भएर जान्छ । फेरी काम गर्ने नसक्ने स्थितीमा पनि पुग्न सक्छ । हृदयाघातको दुखाइ आरमै गरेर बसिरहेको अवस्थामा पनि पुग्न सक्छ ।  हृदयघातको दुखाइ एन्जाइनाजस्तै किशिमको हुन्छ, तर दुखाइ अत्याधिक हुन्छ । यस्तो दुखाइ आराम गरे पनि कम नहुने खालको हुन्छ ।
 

Last modified on 2018-12-05 17:00:42

1 Comments

  1. Angaina Kasto rog ho


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts