गर्भवती महिलाप्रति तपाईंको  जिम्मेवारी के ? डा. अग्रवालका १० सुझाव...



Download our app to get more features

र्भावस्था निकै संवेदनशिल अवस्था हो । यो अवस्थामा गर्भवती महिलाले गर्ने ब्यवहार र गर्भवती महिलाप्रति परिवारले गर्ने ब्यवहारले गर्भवती महिलाको पेटमा हुर्कदै गरेको बच्चाको स्वास्थ्य अवस्था पनि निर्धारण गर्छ ।

यो समयमा गर्भवती महिला शारिरीक रुपमा मात्र नभएर मानसिक रुपमा पनि अति संवेदनशिल भइरहेका हुन्छन् ।  उनिहरु आफ्ना श्रीमान तथा परिवारले उनिहरुलाई अन्य समयभन्दा बढि समय दिउन, ख्याल गरुन भन्ने चाहाना राख्ने गर्दछ । कतिपय अवस्थामा गर्भवती महिलाले पर्याप्त मात्रामा पोषणयुक्त खानेकुराहरु प्र्याप्त मात्रामा सेवन गरे पनि परिवारको उचित माया र साथको अभाव महसुस गरिरहेका हुन्छन् । त्यसैले गर्भवती महिलालाई परिवारले पोषणपयुक्त खानेकुरा  खुवाएर मात्र पुग्दैन, गर्भवती महिला र उनको गर्भमा हुर्कंदै गरेको शिशुको स्वास्थ्यका लागि परिवारले के–कस्ता कार्य गनुपर्छ ? स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. ज्योति अग्रवालका १० सल्लाह ः

  • गर्भवतीको छेउमा गरेर उनीहरुलाई कुनैपनि किसिमको त्रासमा पार्नुहुँदैन । 
  • केही भइहाले म एक्लो छैन भन्ने महसुस गराउनु जरुरी हुन्छ ।
  • परिवारका एक न एक सदस्य गर्भवती महिलाको साथमा रहनुपर्छ ।
  • शयनकक्ष अझ व्यवस्थित तरिकाको बनाइदिनुपर्छ ।
  • सकेसम्म गर्भवती महिलाका लागि रमाइलो वातावरण सृजना गरिदिने ।
  • समय–समयमा उनको खानपानमा ध्यान पु¥याउने । 
  • दिउँसोको समयमा पनि कम्तीमा दैनिक २ घन्टा आराम गर्न समय दिनुपर्छ ।
  • सरसफाइमा विशेष ध्यान पु¥याउनुपर्छ, जसले गर्दा गर्भवती महिलालाई स्वास्थ्य समस्या नदेखियोस् । 
  • गर्भवतीको शरीरमा धेरै पानीको जरुरी पर्छ । त्यसैले समय–समयमा पानी पिउन सम्झाइरहनुपर्छ ।
  • नियमित चेकअप गर्नु त छँदै छ, बीच–बीचमा गर्भवती महिलालाई केही असहज भएमा उनको सान्त्वनाका लागि स्वास्थ्यकर्मीसँग परामर्श गर्नुपर्छ । 
Last modified on 2017-07-02 11:21:21

  1. जुनु भट्टराई

    जुनु भट्टराई हाम्रो डक्टरमा अतिथि सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts