उपचारका क्रममा चिनियाँ नागरिकको मृत्यु



Download our app to get more features

पोखरा, २० असार । कास्कीको मादी गाउँपालिका–६ स्थित मार्दी जलविद्युत् आयोजनामा कार्यरत एक चिनियाँ नागरिकको उपचारका क्रममा आज मृत्यु भएको छ । 

मृत्यु हुनेमा ४७ वर्षीय चिनियाँ नागरिक जिङ्ग झवोक्वी रहेका छन् । तीन वर्षदेखि उनले सो आयोजनामा काम गर्दै आएका थिए । 

गए राति खाना खाएर सुतेका र बिहान अचेत अवस्थामा देखेपछि त्यहाँ कार्यरत कर्मचारीले उपचारका लागि उनलाई मनिपाल शिक्षण अस्पतालमा भर्ना गराएका थिए । उपचारका क्रममा उनको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खड्गबहादुर खत्रीले जानकारी दिए । 

जिल्ला प्रहरी कार्यालय कास्कीले आयोजनामा प्रहरी टोली पठाएर घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको जनाएको छ । रासस 

  1. जुनु भट्टराई

    जुनु भट्टराई हाम्रो डक्टरमा अतिथि सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts