सरसफाइमा ध्यान दिए बालबच्चालाई संक्रमणबाट बचाउन सकिन्छ (भिडियोसहित)



Download our app to get more features

काठमाण्डौं, १५ वैशाख । गर्भावस्थादेखि बच्चा जन्मिएर स्कुल जाने उमेर नहुन्जेलसम्म अभिभावकलाई उसलाई कसरी स्वस्थ राख्ने भन्ने चिन्ता हुन्छ । अझ मौमस परिवर्तनसँगै बच्चामा देखा पर्ने स्वास्थ समस्याले हरेक अभिभावक चिन्तित बनेका हुन्छन् ।
गर्मीयाममा बालबालिकामा हुनसक्ने विभिन्न संक्रमणबाट बचाउनु हरेक अभिभावकलाई चुनौतीको विषय नै हुन्छ । हरेक वर्ष मौसम परिवर्तन भएसँगै अस्पतालमा बिरामी बालबच्चाहरुको चाप बढ्ने गरेको चिकित्सकहरु बताउँछन् । यस्तै गर्मीयाम बढेसँगै विभिन्न संक्रमणका कारण प्रकोपहरु चाँडै फैलने भएकाले उनीहरुको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीहरुको सुझाव छ ।

बालरोग विशेषज्ञ डा. सुचरिता तुलाधरका अनुसार गर्मीको समयमा बालबालिकाहरुमा विशेषगरी झाडापखाला, टाइफाइड, जन्डिसजस्ता संक्रमित रोगको प्रकोप बढी हुने गरेको पाइन्छ । बढ्दो वातावरण प्रदुषण, जनचेतनाको कमि र सरसफाइमा ध्यान नदिने प्रवृत्तिका कारण पछिल्लो समय बालबालिकाहरुमा मौसम परिवर्तनसँगै विभिन्न संक्रमणहरु देखापर्ने गरेको डा.तुलाधरको भनाइ छ ।

बालबालिकालाई गर्मीको समयमा देखापर्ने रोगबाट बच्न हरेक आमाबाबुले उचित सरसाफाइमा विशेष ध्यान दिनु पर्छ । खाना खानु र खुवाउनु अघि, शौचालयको प्रयोग गरीसकेपछि र साना बालबालिकालाई छुनुअघि अनिवार्य साबुन पानीले राम्ररी हातधुनु पर्छ । त्यस्तै फोहार पानीका कारणसमेत विभिन्न रोगहरु देखा पर्न सक्छन् । क्लोरीन, वाटरगार्ड, पियुषजस्ता पानी शुद्धिकरण गर्ने पदार्थको प्रयोग गरी अथवा फिल्टर विधिको प्रयोग गरेर मात्रै पानी पिउन चिकित्सकहरुको सुझाव छ ।
 
सामान्यतया मौसम परिवर्तनसँगै देखिने यस्ता समस्या तथा संक्रमणबाट बालबालिकालाई जोगाउन हरेक अभिभावकले सरसफाइमा विशेष ध्यान दिए सजिलै बच्न सकिने विज्ञहरुको बताउँछन् ।

 

 

Last modified on 2016-04-27 17:16:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts