एनआरडिए अध्यक्षमा डा. कश्चेव



Download our app to get more features

काठमाडौँ, २६ असार । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जका रेजिडेन्ट चिकित्सकहरु संगठन नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसन (एनआरडिए) को नवौं अध्यक्षका रुपमा डा. कश्चेव श्रेष्ठ निर्वाचित भएका छन्।  डा. कश्चेव फरेन्सिक विभागका रेजिडेन्ट हुन्। त्यस्तै संस्थाको महासचिवमा आँखा विभागका डा. अमीत यादव चुनिएका छन्।

शिक्षण अस्पतालमा आयोजित एक कार्यक्रमका बिच नवनिर्वाचित कार्यसमिति लाई प्रा. डा. गोबिन्द केसिले बधाइ ज्ञापन गरेका थिए । शैक्षिक तथा रचनात्मक कार्यक्रम आयोजना गर्ने, रेजिडेन्ट चिकित्सक तथा मेडिकल संकायको सम्वृद्दिका लागि अग्रसर यो संस्थाले प्रा डा गोबिन्द केसिको हरेक सत्याग्रहमा प्रमुख भूमिका निर्वाह गर्ने गरेको छ।

विभिन्न मेडिकल कलेजहरु बिच सौहार्दता अभिवृद्धि गर्ने हेतुले विभिन्न खेलकुद लगायतका रचनात्मक कार्यक्रम हरु विगत आयोजना गरिएका थिए।

  1. जुनु भट्टराई

    जुनु भट्टराई हाम्रो डक्टरमा अतिथि सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts