छुट्टै प्रतिष्ठानको माग नउठाउन डा. केसीसँग सरकारी चिकित्सक संघको अपिल



Download our app to get more features

काठमाण्डौ, १६ साउन। सरकारी चिकित्सक संघ (गोदान)ले चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारका लागि ११औं पटक अनसन बसेका प्रा. डा. गोबिन्द के.सीले उठाएको प्रदेशमा स्वास्थ विज्ञान प्रतिष्ठान खोल्ने भन्ने मागको सम्बोधन नर्गन माग गरेको छ । 

सरकारी अस्पताललाई प्रतिस्थापन गरेर छुट्टै प्रतिष्ठानको रुपमा विस्तार गर्ने प्रस्तावको बारेमा गोदानले आपत्ति जनाउँदै यस्ता प्रस्ताव अगाडि बढाइए सोको सशक्त बिरोध गर्ने बताएको छ । सोमबार प्रेस बिज्ञप्ति जारी गर्दै गोदानले समग्र स्वास्थ्य शिक्षालाई सम्मुन्न्त मार्ग निर्देशित हुने गरि सारिएको चिकित्सा शिक्षा ऐनमा सरकारी चिकित्सक संघ (गोदान)को पनि समर्थन रहेको जनाएको छ । 

तर मस्यौदाकै कुनै कुनै बुँदामा हरेक प्रदेशमा स्वास्थ विज्ञान प्रतिष्ठान खोल्ने भन्ने बारेमा हाम्रो घोर विरोध छ’, विज्ञप्तिमा भनिएको छ ‘सरकारी अस्पताललाई प्रतिस्थापन गरेर प्रतिष्ठानको रुपमा विस्तार गर्ने प्रस्ताव प्रति गोदानको सधैं गम्भीर आपत्ति रहने छ । 

Last modified on 2017-07-31 21:52:10

  1. जुनु भट्टराई

    जुनु भट्टराई हाम्रो डक्टरमा अतिथि सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts