यस्ता व्यवहारले मस्तिष्क बन्छ रोगी

What's This?


Download our app to get more features

आम मानिसको बुझाई छ की मस्तिष्क रोगी बन्न ठूलै कारण चाहिन्छ । टाउकोमा ठुलो तथा गम्भीर चोट लागेमा, लगातार औषधि सेवन गरेमा, तनाब वा लागूऔषधको प्रयोगका कारण मात्रै मस्तिष्क रोगी हुन्छ भन्ने ठान्छन् । तर, मस्तिष्क रोग बन्ने यती मात्रै कारण छैनन् । मानिसले दैनिक गर्ने सामान्य गल्तीले पनि मस्तिष्क रोगी बन्न मद्दत गरिरहेको हुन्छ । जानौँ ती गल्तीका बारेमा जसले शारीरिक मात्रै नभइ मानसिक रुपमा पनि हामीलाई रोगी बनाइरहेको हुन्छः–

पर्याप्त निद्रा नपुग्नु

दैनिक कम्तिमा ७ घन्टा सुत्ने गरौं । अनिन्द्राका कारण मस्तिष्कले आराम पाउँदैन । निन्द्रा नपुगे मस्तिष्कको काम गर्ने क्षमतामा ह्रास आउँछ । 

एक्लै समय बिताउने 

धेरै समय एक्लै रहनाले मस्तिष्कमा नकारात्मक प्रभाव पर्छ । जसले गर्दा भविष्यमा अल्जाइमरको खतरा बढ्छ ।

जंक फूडको सेवन

जंक फूडमा सोडियमको मात्रा धेरै हुन्छ । जसले मस्तिष्कको न्यूरोन रिसेप्टर्सलाई क्षति पु¥याउन सक्छ । धेरै मात्रामा जंक फूड खानाले कन्फ्यूजन, टाउको दुख्ने र वान्ता हुने जस्ता समस्या देखिन्छ ।

ठूलो आवाजमा गीत सुन्नु

लगातार लामो समयसम्म कानमा इयर फोन वा हेडफोन लगाएर ठूलो आवाजमा गीत सुन्नाले मस्तिष्कको तन्तुहरूमा नराम्रो असर पर्छ । जसले गर्दा अल्जाइमरको सम्भावना बढ्छ ।

क्रियाशिल नहुनु

दिनहुँ शारीरिक क्रियाकलाप वा व्यायाम गरेनौँ भने मधुमेह, मुटु सम्बन्धी रोग र अन्य समस्या पनि हुन सक्छ । जसको असर मस्तिष्कमा पनि पर्न जान्छ ।
 
अत्यधिक धुमपान गर्नु

धुमपान गर्दा हाम्रो शरीरमा अनेक प्रकारका हानिकारक केमिकल प्रवेश गर्छ । उक्त केमिकलले हाम्रो शरीरको रगतलाई गाढा बनाइदिन्छ । जसले गर्दा मस्तिष्कसम्म रगत पुग्न सक्दैन ।

धेरै खानु

शरिरलाई चाहिने भन्दा धेरै खानाले पनि मस्तिष्कमा असर पर्छ । धेरै खानाले मस्तिष्कको सोच्ने क्षमतामा कमी ल्याउँछ ।

अँध्यारोमा रहनु

प्राकृतिक उज्यालोमा रहनुको सट्टा अँध्यारोमा धेरै समय रहनाले डिप्रेशनको सम्भावना बढ्छ । जसको असर मस्तिष्कमा पर्छ ।

यी तथ्य अमेरिकन मेडिकल एशोसिएसनद्वारा प्रकाशित जामा न्यूरोजी जर्नलबाट लिइएको हो ।
 

(एजेन्सी)
 

Last modified on 2018-09-15 06:05:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts