अनसनमा बसेका बेरोजगारीको अल्काले गर्यो निशुल्क उपचार 

What's This?


Download our app to get more features

काठमाण्डौं, १७ बैशाख । स्वदेशमै रोजगारीको माग गर्दै तीन दिनदेखि राजधानीको रत्नपार्कमा आमरण अनसन बसेका युवाहरुलाई अल्का अस्पताल ललितपुरले निशुल्क स्वास्थ्य परीक्षण गरेको छ ।

अल्का अस्पतालका चिकित्सक डा.केशव अधिकारी नेतृत्वको टोलीले शुक्रबार  विहान अनशन स्थल शान्तीवाटिका पुगी अनसन बसेका १२ जनाको स्वास्थ्य परीक्षण गरेको हो ।  
अनसन बसेका मध्ये ३ जनाको अवस्था गम्भिर पाइएपछि चिकित्सकले डेष्टट्रोज पुस अर्थात नशाबाट ग्लुकोज पठाएर उपचार गरिएको अस्पतालका ल्याव व्यवस्थापक नवराज थापाले बताए ।

गर्मीमा लगातार भोग हड्ताल गर्दा हाइपोग्लासिको समस्या हुन सक्ने भन्दै अस्पतालले अनसनकारीको स्वास्थ्य अवस्थालाई निगरानीमा राखेको अध्यक्ष कुमार थापाले बताए । उनीहरुलाई थप उपचार आवश्यक परेपनि निशुल्क उपचार गर्ने प्रवन्ध मिलाएको अस्पतालले जनाएको छ । 
 

Last modified on 2016-04-29 19:14:48

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts