गगन थापाको चिन्ताः स्वास्थ्य उपकरण किन्न ल्याइएको बजेट फ्रिज गराइयो



Download our app to get more features

काठमाडौं, २५ साउन । निर्वतमान स्वास्थ्य मन्त्री गगनकुमार थापाले स्वास्थ्य उपकरण किन्नका लागि आफुले ल्याएको बजेट फ्रिज भएको प्रति चिन्ता व्यक्त गरेका छन् । 

उपकरण नभएको कुनै सरकारी स्वास्थ्य संस्था नहुनेगरी बजेट व्यवस्था गरिएको पनि उपकरण किन्ने प्रक्रिया अगाडी नबढाउँदा फ्रिज भएको उनको दाबी छ । “अर्थ मन्त्रालयमा हामीले धेरै मेहनेत र छलफल गरेर करोडौंको बजेट उपकरण किन्नका लागि ल्याएका थियौं, किन्ने प्रक्रिया पनि सुरु भईसकेको थियो, तर हामीले छोडेपछि कुनै प्रक्रिया अगाडी नबढ्दा त्यो रकम त्यसै फ्रिज भएछ, यसले दुःखी बनाएको छ”, उनले थपे । 

नेपाल स्वास्थ्यकर्मी संघ, केन्द्रीय युवा समितिले प्रकाशन गरेको स्वास्थ्यकर्मी नामक स्मारिकाको विमोचन कार्यक्रममा निवर्तमान मन्त्री थापाले मन्त्रालयको बजेट बढाउने भन्दा पनि भएको बजेटलाई फ्रिज हुन नदिनु बढी बुद्धिमानी हुने बताउनु भयो । वर्तमान स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले स्वास्थ्यको बजेट बढाएर ८ प्रतिशत पुर्याउने प्रतिवद्धता सार्वजानिक भैसकेपछि पूर्वमन्त्री थापाको यस्तो भनाइ आएको हो । मन्त्रालयलाई छुट्याईएको करोडौ रुपैया खर्च नभएर फ्रिज भईरहेका बेला बजेट बढाउँछु भन्नु उपयुक्त नहुने उनको भनाइ छ । 

स्वास्थ्यकर्मीहरुका सन्तानलाई स्वास्थ्य शिक्षामा सहुलियत र प्राथमिकता दिनेगरी आफुले केही प्रक्रिया अगाडी बढाएको जानकारी दिदै थापाले त्यसलाई पुरा गरेर कार्यान्वयनमा लैजान ध्यानकर्षण गराए ।  
 

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts