सरसफाईमा प्रथम भएको धनकुटा नगरपालिका सरकारद्धारा पुरस्कृत 

What's This?


Download our app to get more features

धनकुटा, साउन २६ । नगर सरसफाईको क्षेत्रमा प्रथम भएको धनकुटा नगरपालिकाले नेपाल सरकारबाट १० लाख पुरस्कार पाएको छ ।

 गत बर्ष दोस्रो स्थानमा रहेको धनकुटा यो बर्ष देशका २ सय ६३ नगरपालिका मध्ये सबैभन्दा बढी शहर सफा राख्ने नगरपालिका घोषणा भएपछि उक्त पुरस्कार पाएको हो । संघियमामिता तथा स्थानिय बिकास मन्त्रालयको फोहोर मैला ब्यबस्थापन, खानेपानी तथा ढल ब्यबस्थापन, प्रदुसण नियन्त्रण,वाताबरण संरक्षण लगाएका बिभिन्न ६ सरुचकमा धनकुटा पहिलो भएको थियो  । दोस्रो भएको ईलाम नगरपालिकाले ७ लाख र तेस्रो भएको हेटौडा उपमहानगरपालिका ४ लाख रुपैंया पाएको छ ।

सरसफाईको क्षेत्रमा जिल्ला नै खुल्ला दिशा मुक्त घोषणा भएको धनकुटा नगरपालिकाले  फोहोरमैला ब्यबस्थापन अन्र्तरगत फोहोरको वगिकरण गरेर छुट्याउने, प्लाष्टिक नियन्त्रण,ल्याण्डफिल्ड साईट सञ्चालन गरीरहेको नगरपालिकाका वाताबरण सहायक बिकास अधिकारीले जानकारी दिए । खानेपानी तथा ढल ब्यबस्थापन अन्तरगत सार्बजानिक शौचालय, खानेपानी, हरीयाली बिकास र सहरी सौन्धर्य प्रर्बद्धन, प्रदुसण नियन्त्रण तथा संस्थागत गन बिभिन्न कार्यक्रम सञ्चालन गदै आएको नगरपालिकाका मेयर चिन्तन तामाङ्गले बताए ।  

Last modified on 2017-08-10 13:56:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts