प्राकृतिक विपत्तिमा चिकित्सक एकजुट हुनुपर्ने भन्दै गोदानद्धारा देशभरका अस्पतालहरुको ओपिडी बन्द गर्ने निर्णय फिर्ता



Download our app to get more features

काठमाडौं, २८ साउन । सरकारी चिकित्सक संघ नेपाल (गोदान) ले चिकित्सा क्षेत्रको सुधारका बिभिन्न माग राखि २० दिनदेखि अनशनरत डा. गोविन्द केसीको माग पुरा गर्न सरकारलाई दबाव उदेश्यले देशभरका अस्पतालहरुको ओपिडी बन्द गर्ने  भनि गरेको निर्णय फिर्ता लिएका छ । 
अविरल बर्षाका कारण तराई लगायतका क्षेत्रमा आइपरेको प्राकृतिक बिपत्तिको क्षति न्युनिकरण गर्न सम्पूर्ण चिकित्सकहरु एकजुट भएर सहयोग गर्नु आवश्यक रहेको भन्दै सघंले सो निर्णय र्फिता लिएको हो ।
शनिबार  प्रेश बिज्ञप्ति जारी गर्दै गोदानले तराईसहितका क्षेत्रमा बाढीपहिरोले मानवीय संकट निम्त्याएको भन्दै यस्तो असहज परिस्थितिमा स्वास्थ्य सेवामा केन्द्रित हुन आन्दोलन फिर्ता लिएको जनाएको जनाएको छ ।सघंले विज्ञप्तिद्धारा बाढी पहिरोको क्षति न्यूनीकरण गर्न एकजुट हुन सम्पूर्ण चिकित्सकलाई आग्रह समेत गरेको छ । 
संघले सम्पूर्ण शाखा कार्यालयहरुले आफ्ना सदस्यहरुलाई बाढी पहिरो प्रभावित क्षेत्रमा खटाएर सम्भावित सरुवा रोगहरुको नियन्त्रण तथा पीडित समुदायको स्वास्थ्य सेवामा जुट्न अपिल गरेको छ ।
संघले शुक्रबार आकस्मिक बैठक बसी देशभरका सम्पूूर्ण सरकारी, निजी शिक्षण अस्पताल, अस्पतालहरु, मेडिकल कलेजहरु, नर्सिङहोम, क्लिनिक लगायतका स्वास्थ्य संस्थाहरुमा कार्यरत चिकित्सकहरुले आकस्मिक बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवाहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको थियो ।

Last modified on 2017-08-13 07:14:54

  1. जुनु भट्टराई

    जुनु भट्टराई हाम्रो डक्टरमा अतिथि सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts