मन्त्रालयद्धारा बाढी प्रभावित क्षेत्रमा औषधि र स्वास्थ्यकर्मीको टोली परिचालन



Download our app to get more features

काठमाडौँ, २८ साउन ।  स्वास्थ्य मन्त्रालयले अविरल वर्षापछि तराईका अति बाढी प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ । स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा शनिबार बिहान  आकस्मिक  बैठक बसी बाढी प्रभावित क्षेत्रमा औषधि तथा स्वास्थ्यकर्मीको व्यवस्था मिलाएको हो ।  
मन्त्रीको सचिवालयका अनुशार बैठकमा स्वास्थ्य मन्त्री गिरिराजमणी पोख्रेलले स्वास्थ्य सचिव, महानिर्देशक लगायतका पदाधिकारीलाई बाढी पहिरो क्षेत्रमा उच्च  सतर्कता अपनाउन निर्देशन दिदै बाढी प्रभाबित क्षेत्रका लागि छुट्टै युनिट गठन गरेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र स्वास्थ्य सेवा विभागलाई हाइ अलर्टमा राखिएको छ ।  
मन्त्रालयले इटहरी, सप्तरी, सर्लाही, बाँकेलगायतका जिल्लामा स्वास्थ्यकर्मीको टोली परिचालन गरिसकेको जनाएको छ । 
बाढीको कारण रौतहटको गंगापिपरा र पतौरा प्राथमिक स्वास्थ्य केन्द्र डुबानमा परेका छन् । गंगापिपरामा तीन फिटसम्म पानी जमेपछि शुक्रबारदेखि स्वास्थ्यकर्मीहरु स्वास्थ्य केन्द्रमै थुनिएका छन् । स्थानीयले उद्धारको प्रयास जारी राखे पनि पानी नघटेका कारण कठिनाइ भइरहेको जनाइएको छ । सो केन्द्रको दुई वटा पानी ट्याङ्की बाढीले बगाएको छ।
रौतहटको बाढी प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीहरु पीडितहरुको उपचारमा खटिइरहेको सचिवालयले जनाएको छ ।सचिवालयका अनुशार सुनसरी, झापा, मोरङदेखि महेन्द्रनगरसम्मका क्षेत्रमा बाढीका कारणले कुनै पनि औषधिको अभाव हुन पाएको छैन। उता, बाँकेको फत्तेपुरस्थित स्वास्थ्य चौकीको एकतले भवन बाढीले डुबेपछि त्यहाँ रहेको सबै औषधि नष्ट भएको छ । त्यहाँका स्वास्थ्यकर्मीहरुलाई छुट्टै घरमा राखेर उपचार गर्ने व्यवस्था मिलाइएको छ। 

Last modified on 2017-08-15 08:12:45

  1. जुनु भट्टराई

    जुनु भट्टराई हाम्रो डक्टरमा अतिथि सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts