आन्दोलन छाडेर उद्दारमा खटिन डा.केसीको आग्रह



Download our app to get more features

काठमाडौँ, २९ साउन । अनसनरत प्राध्यापक डाक्टर गोविन्द केसीले आन्दोलनका सम्पुर्ण कार्यक्रम स्थगित गरी वाढी र पहिरो पीडितको उद्धारमा खटिन चिकित्सकहरुलाई आग्रह गरेका छन् । 

लगातारको बर्षापछि तराई तथा भित्रि मधेशका अधिकांश स्थानमा बाढी र पहिरोले ठूलो जनधनको क्षति भएको भन्दै अनशनस्थलबाटै डा. केसीले आफ्ना शुभचिन्तक चिकित्सकहरुलाई सो आग्रह गरेका हुन् । 

देशको अहसज परिस्थितिको कारण आन्दोलन स्थगित गर्दै सम्पुर्ण बाढी पहिरो पीडित नागरिकको उद्धार र सेवामा खटिन उनको बिशेष आग्रह छ । नेपाल चिकित्सक संघका उपाध्यक्ष ढुन्डीराज पौडेललाई टेलिफोन गरी डा. केसीले सो आग्रह गरेको उनका सहयोगीले बताएका छन् ।

अनसनरत डा. केसीको समर्थनमा नेपाल चिकित्सक संघ र सरकारी चिकित्सक संघ अकस्मिक बाहेकका सेवा ठप्पपारी आन्दोलनमा उत्रिएका छन् । जसले गर्दा बाढी र पहिरो पीडित जनताको स्वास्थ्य सेवामा प्रतिकुल असर परेको छ ।  

Last modified on 2017-08-15 08:08:20

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts