रौतहटमा जीप डुब्दा गर्भवति सहित ६ जनाको मृत्यु



Download our app to get more features

काठमाण्डौ । तराईमा भइरहेको लगातारको वर्षा र बाढीका कारण रौतहटमा जीप डुब्दा गर्भवती सहित ६ जनाको ज्यान गएको छ । 

प्रसूति व्यथा लागेकी महिलालाई लौकाहाबाट राजपुर अस्पताल लाने क्रममा जीप डुबेको बताइएको छ । बाढीले सडक कटान गरेको थाहा नहुँदा राजपुर अस्पताल भन्दा एक सय मिटर नजिक जीप डुबेको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार भारतीय नम्बरको उक्त जीप विहान ३ बजेतिर डुबेको हो । जीप डुब्दा गर्भवतीसहित ६ जनाको मृत्यु भएको छ । जीपका चालक र अर्का एक व्यक्ति भने बच्न सफल भएका छन् ।  

Last modified on 2017-08-13 17:32:51

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts