प्रा.डा. केसी सर्मथित दबाब र्याली लाजिम्पाटमा, प्रचण्डलाई बुझाए ज्ञापनपत्र



Download our app to get more features

काठमाडौं, २९ साउन । अनशनरत प्रा.डा. गोविन्द केसीको सर्मथनमा चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का विद्यार्थीले पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डलाई भेटि ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र बुझाउनु अघि उनीहरूले प्रा.डा. केसीको माग पुरा गर्न जोड दिदै महाराजगञ्जबाट प्रचण्ड निवास लाजिम्पाटसम्म दबाब ¥याली निकालेका थिए । 

ज्ञापनपत्र बुझ्दै प्रचण्डले डा. केसीको माग पुरा गराउन पहल गर्दै आएको र १० वर्षसम्म उपत्यकामा मेडिकल कलेज नखोल्ने पक्षमा रहेको प्रतिक्रिया दिएको ¥यालिमा सहभागि विद्यार्थी विषद दाहालले बताए । प्रचण्डको भनाई उदृत गर्दै उनले भने ‘१० वर्षसम्म उपत्याकामा मेडिकल कलेज खोल्ने पक्षमा म छैन । तर उपत्यका बाहिर भने खोल्नु पर्छ ।’ करिब एक सयको संख्यामा लाजिम्पाट पुगेका विद्यार्थीले प्रा.डा. केसीको पक्षमा प्रचण्ड निवास परिसरमै नाराबाजी गरेका थिए । 

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts