त्रिविकी रेक्टर भन्छिन्ः प्रकृया नै नगरी सडकमा कराएर आइओएम स्वायत्त हुन्छ ?



Download our app to get more features

काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयको आज बसेको सिनेटको बैठक अनशनरत डा. गोविन्द केसीका मागका बारेमा कुनै छलफल नै नगरी सकिएको छ । 

त्रिविकी रेक्टर एवं प्रवक्ता प्राडा सुधा त्रिपाठीका अनुसार बैठकले त्रिविका दुई आंगिक मेडिकल कलेज खोल्ने निर्णय गरेको छ । बैठकमा केसीले माग गरे अनुसारको आइओएमको स्वायत्तताको विषयमा कुनै छलफल नभएको उनले स्पष्ट पारिन् । उनले भनिन् 'आइओएमको स्वायत्तताको विषयमा कुनै छलफल भएको छैन । स्वायत्तताको कुनै प्रकृया नै सुरु भएको छैन । सडकमा कराएर मात्र आइओएम स्वायत्त हुने हो र ?' 

यसअघि बसेको विश्वविद्यालयको सिनेट बैठकले आइओएममा भएको मेडिकल कलेजहरुको सम्बन्धन, शुल्क निर्धारण र विद्यार्थी कोटा तोक्ने अधिकार  त्रिवि कार्यकारी परिषदमा लगेको थियो। केसीले त्यसपछि आइओएमलाई स्वायत्त बनाउने माग राख्दै आएका छन् । यस अनशनमा पनि केसीले यस मागलाई प्रमुखताका साथ उठाएका छन् । 

आजको बैठकमा कुलपतिले पनि आइओएमलाई स्वायत्त बनाउने सन्दर्भमा कुनै विषय नउठाएको त्रिपाठीले बताइन् । उनले आइओएमले स्वायत्ततालाई लिएर कुनै औपचारिक फाइल नै नउठाएको दावी गरिन् । बैठकले आफ्ना मेडिकल कलेज सञ्चालन गर्न पूर्वाधार र जनशक्तिका लागि सरकारसँग बजेट माग गरेको उनले बताइन् । 

Last modified on 2017-08-13 21:58:34

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts