स्तन क्यान्सरका कारण भारतमा २०२० सम्ममा ७६ हजार महिलाको मृत्यु हुने आशंका



Download our app to get more features

स्तन क्यान्सर सुन्नमा सामान्य भएपनि एकदमै खतरनाक रोग हो । शुरुआती क्रममा पत्ता लाग्न नसकेपछि स्तन क्यान्सरको उपचार पनि समयमा हुन सक्दैन जसले गर्दा यो रोगबाट मर्नेहरुको संख्या बढ्दो छ । 

हालै गरिएको एक अध्ययन रिपोर्टमा २०२० सम्ममा करिब ७६ हजार भारतीय महिलाको मृत्यु हुने आशंका व्यक्त गरिएको छ । 

अध्ययनमा भनिएको छ, भारतमा सामान्य अवस्थामा महिलामा हुने क्यान्सर मध्येको एक हो स्तन क्यान्स । स्तन क्यान्सरबाट २०१२ मा ७० हजार २१८ जनाको ज्यान गइसकेको अध्ययनले देखाएको छ । 

उक्त अध्ययनमा स्तन क्यान्सरका कारण मर्नेहरुको औसत आयु ५० लाई परिवर्तन गरेर ३० साल भएको पनि बताइएको छ । दुबईको वोलोगोङ विश्वविद्यालयका सहायक डीन विजय पेरेराका अनुसार यो समस्याको परिमाण भयावह हो र यसले भारत सरकारको नीतिमाथि पनि ठूलो प्रभाव पर्न सक्छ ।

पेरेराले भने,‘ यो राष्ट्रीय, राज्य र सामुदायिक स्तरमाथि जटिल चुनौती हो । यसले स्पष्ट छ कि राज्य स्तरमा स्वास्थ्य रेखदेखमा गुणात्मक देखभाल र जागरुकतामा परिवर्तन ल्याउन आवश्यक छ ।’

यो अध्ययन जर्नल अफ बिजनस रिसर्चमा प्रकाशित गरिएको छ ।

 

(एजेन्सीको सहयोगमा) 

Last modified on 2017-08-17 18:09:06

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts