नर्सिङ र मिडवाइफ्री राष्ट्रिय नीति बन्ने



Download our app to get more features

काठमाडौँ, २ भदौ । सरकारले नर्सिङ र मिडवाइफ्री राष्ट्रिय नीति ल्याउने तयारी गरेको छ । 

स्वास्थ्य मन्त्रालयले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालका नर्सिङ विभाग प्रमुख प्रा गोमा निरौला श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ । 

संयोजक निरौलाले भनिन् ‘हामीले विभिन्न चरणको बैठक बसिसकेका छौँ, यसै साता नेपालमा स्वास्थ्य क्षेत्रमा काम गरिरहेका जिआइजेड, युएनएफपिएलगायतका संस्थासँग छलफल गर्दैछौँ, केही दिनमा मस्यौदाको मस्यौदा बनाएर मन्त्रालयमा बुझाउने योजना छ ।’

नेपालमा २०१३ सालदेखि नै नर्सिङ शिक्षा शुरु भएको ६१ वर्षे नर्सिङ इतिहासमा अहिलेसम्म कुनै लिखित कानून, ऐन नियम नभएको प्रा निरौलाले बताउनुभयो । नीतिमा नर्सिङ, मिडवाइफ्री र अनमीलगायत विषय समेटिने संयोजक श्रेष्ठले बताइन्। 

नेपाल नर्सिङ काउन्सिलमा हालसम्म ७२ हजार ६ सय २८ नर्स र अनमी दर्ता भएका छन् । जसमा ४३ हजार नौ सय २४ नर्स, २७ हजार नौ सय २३ अनमी र आठ  सय ३१ विदेशी नर्स रहेका छन् । रासस 

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts