वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीनमा डाक्टर झा

What's This?


Download our app to get more features

धरान ।  धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक डीन पदमा प्रा.डा. चन्द्रभुषण झा नियुक्त भएका छन् । 

एनाटोमी विभागका प्रमुख समेत रहेका झालाई प्रतिष्ठानको नियमावली, २०५५ बमोजिम ३ वर्षका लागि शैक्षिक डीन पदमा नियुक्त गरिएको प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. विक्रम प्रसाद श्रेष्ठले जनाएका छन् ।

प्रतिष्ठानको गहनतम् जिम्मेवारी पाएकोमा खुशी व्यक्त गर्दै प्राप्त जिम्मेवारीलाई इमान्दारीताका साथ वहन गर्ने डा. झाले प्रतिवद्धता जनाएका छन् । प्रतिष्ठानमा अध्ययन अध्यापन हुने विभिन्न शैक्षिक कार्यक्रमहरुको सञ्चालनमा शैक्षिक डीनको महत्वपूर्ण भूमिका रहने प्रतिष्ठानका सुचना अधिकृत सुजेन्द्र तामाङले बताए ।

Last modified on 2017-08-20 11:30:35

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

4 Comments

  1. ASHOK KUMAR MANDAL on Wed, Apr 04 2018 05:19 PM

    I am suffering from pain in abdomen. Continued last 5 years Sugar from 2012. Now level is 250 after food

  2. congratulations to prof. Dr. CHANDRA BHUSHAN JHA

  3. congratulations sir

  4. Congratulations sir...


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts