जाजरकोटः भाइरल ज्वरोबाट दुई नाबालकको मृत्यु



Download our app to get more features

जाजरकोट, ५ भदौ । वारेकोट गाउँपालिका–३ मा भाइरल ज्वरो र टाइफाइडबाट दुई नाबालकको मृत्यु भएको छ । 

स्थानीयवासी वीरबहादुर रोकायका ११ महिनाका छोरा धीरेन्द्र र जयबहादुर रोकायका नौ महिनाका छोरा मानबहादुरको आज मृत्यु भएको स्थानीय शिक्षक रामबहादुर शाहीले जानकारी दिए ।गाउँमा अहिले भाइरल ज्वरोबाट सयौँको संख्यामा बिरामी भएका छन् । स्वास्थ्य संस्था लिम्साभन्दा टाढा रहेका कारण स्थानीयवासीले समयमै उपचार नपाएको शाहीले बताए ।  “बालबालिकादेखि वृद्धवृद्धा सबै बिरामी छन्, बिरामीलाई पाँच घण्टासम्म बोकेर अस्पतालसम्म लैजानुपर्ने अवस्था छ,” उउनले भने । 

यस्तै त्रिवेणी नलगाड–८ हल्चौरमा समेत भाइरल ज्वरोका कारण सयौँ बासिन्दा बिरामी परेका पञ्च भयार माध्यमिक विद्यालयका शिक्षिका नन्दा शाही केसीले जानकारी दिइन् । तीन घण्टा लगाएर रुकुमको आठविसकोट नगरपालिकाको राडीस्थित मेडिकलमा लगेर उपचार गर्नु परिरहेको उनले बताइन् । “घरका सबै बिरामी छन्, पशुचौपायलाई घाँस, पानी दिन समेत समस्या भएको छ,” उनले भनिन् । रासस 

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts