आइओएमको अधिकार हनन् बारे त्रिवि उपकुलपतिसँग सोधपुछ 

What's This?


Download our app to get more features

काठमाडौं, ६ भदौ । प्रा.डा. गोविन्द केसीसँग भएका सम्झौता कार्यान्वयन गर्न बनेको अनुगमन समितिले विश्वविद्यालयका उपकुलपति प्राध्यापक तिर्थ खनियालाई बुधवार तीन बजे उपस्थितका लागि बोलाएको छ । 

प्राडा केसीसँग भएको सम्झौता विपरित त्रिविले आइओएमको अधिकार खोसी मापदण्ड नपुगेको नेश्नल मेडिकल कलेज घट्टेकुलोलाई सम्बन्धन दिएको, मेडिकल शिक्षाको शुल्क र सिट संख्या तोक्ने अधिकार लिएकोलगायत विषयमा जानकारी लिन उपकुलपति खनियालाई बोलाएको समितिका संयोजक प्राध्यापक कपिल श्रेष्ठले बताए । ‘हामीले अलिपछि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) बाट लिएका अधिकारका विषयमा कुरा गर्न बोलाउने विचार गरेका थियौ ।’ श्रेष्ठले हाम्रो डाक्टरसँग भने ‘सम्झौता विपरीत जथाभावी सम्बन्धन दिएर माहोल झन् बिगार्न थालेपछि भोली तीन बजेको लागि डाकेका हौ ।’ 

सरकारले सम्झौता गर्दै प्राडा. केसीका माग पुरा गर्दै जान्छु भन्ने अनि विश्वविदालयका पदाधिकारहरू माहोल बिगार्दै जादा समस्या थपिएको उनको भनाइ छ । ‘मैले उपकुलपतिलाई अस्ति नै भेटेर शुल्कलगायतका खेसेका अधिकार चाडो फर्काइदेउ भनेको थिए, उनले त अझ सम्बन्धन नै पो दिएछन् ।’ उनले भने ‘यो सरकारले चाडै सम्झौता कार्यान्वयन गरेर समितिको काम टुङ्गियाइदिनु पर्छ ।’ 

प्रा.डा. केसीको ११आंै अनसनको क्रममा उनीसँग भएका माग कार्यान्वयन भए/नभएको अनुगमन गर्न सरकारले मानवअधिकार आयोगका पुर्वसदस्य समेत रहेका प्राध्यापक श्रेष्ठको संयोजकत्वमा अधिवक्ता ज्योति बानीया, शिक्षा मन्त्रालयका सहसचिव तुलसी थपलिया र आइओएमका प्राडा सरद वन्त सदस्य रहेको अनुगमन समिति बनाएको हो ।  
 

Last modified on 2017-08-23 08:41:13

  1. Janak Raj Thapaliya

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts