महोत्तरीमा रहेको स्वास्थ्य मन्त्रीको ‘आधारशिला’, जहाँ १५ परिवार एकै ठाउँ बस्छन् 



Download our app to get more features

महोत्तरी, ८ भदौ । झट्ट हेर्दा गाँउघरको एउटा व्यवस्थित स्कुल जस्तो देखिने लामो र एकतले जस्ताले छाएको घरहरु छन । घरको अगाडी एउटा मन्दिर जस्तो देखिने प्रतिक्षालय छ । वरिपरी बगैँचामा ढकमक्क फुलहरु फुलेका छन । व्यवस्थित धारा र शौचालय पनि छ । चारैतिर सफा देखिने । एउटा कम्पाउण्ड थियो स्वास्थ मन्त्री गिरीराजमणि पोखरेलको घर । 
नेकपा माओवादी केन्द्रको तर्फबाट दोस्रो पटक स्वास्थ्य मन्त्रालयको बागडोर सम्हालेका मन्त्री पोखरेलको स्थायी घर महोत्तरी जिल्लाको बर्दिवास स्थित गौरीडाँडा हो । तीनपटकसम्म स्वास्थ्यमन्त्री बनिसकेका गिरिराजका बसाई भने अलिकती लोभलाग्दो र अलिकति उदेकलाग्दो पनि छ । उनीसहित १५ परिवार बस्दै आएको त्यो घरको नाम आधारशिला हो । करिब १४ बर्ष अगाडी तत्कालिन नेकपा माओवादी पार्टीकै सल्लाह अनुुसार यो सामुहीक बसाई सुरु भएको हो । आधारशिलामा बस्ने सबै परिवारले आफ्नो कुनै पनि सम्पति राख्न पाउँदैन । आधारशिलामा १५ परिवारका करिब ७५ जना बस्ने गर्छन भने सामुहिक कामहरु गरेर आयआर्जन गरिन्छ । 

 

बुधवार मन्त्री पोखरेल स्वास्थ्य शिविर सञ्चालनको जिम्मेवारीसहित गृहनगर पुग्दा उनलाई 'आधारशिला'का बासिन्दाले स्वागत गरे । तत्कालिन युद्धकालमा राज्यबाट बेपत्ता बनाइएका, मारिएकाहरुको परिवार बसोबास गर्दै आएको स्थानमा पुग्दा स्वास्थ्यमन्त्री भावुक बने । उनले भने ‘यो पार्टीको निर्देशन अनुसार युद्धकालपछि बनाइएको हो । म पनि यहीँ बस्छु । हामी खुशी छौं । सबै सँगै बसेका छौं ।’ 

 

संस्थाले ३ कठ्ठा जमिन भाडामा लिएर सामुहिक कृषि पनि गरेको छ भने मसला उद्योग तरकारी बाली आदि लगाएको छ । मन्त्री पोखरेल उक्त संस्थाको रक्षक छन् । यो आधारशिलामा बस्ने परिवारका सबै बालबालिकासंगै जोडिएको सामुदायिक विद्यालयमा पढ्छन । 

Last modified on 2017-08-25 07:56:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts