स्वास्थ्य पत्रकार सम्मानित

What's This?


Download our app to get more features

काठमाण्डौ, १९ बैशाख । स्वास्थ्य क्षेत्रमा कलम चलाएर जनतालाई सुसूचित गरेको भन्दै स्वास्थ्य पत्रकार अर्जुन अधिकारी सम्मानित भएका छन् ।


मजदुर दिवसको अवसरमा ओम अस्पतालले आयोजना गरेको कार्यक्रममा अधिकारी सम्मानित भएका हुन् । कार्यक्रममा अस्पतालका अध्यक्ष डाक्टर भोला रिजालले भूकम्पको समय र अन्य अवस्थामा पनि क्रियाशिल बनेका कर्मचारी मजदुर एवं पत्रकारको प्रशंसा गरे । 
सो अवसरमा अस्पतालको कर्मचारी यूनियनका अध्यक्ष केशव प्रसाद चौलागाईले व्यवस्थापनले मजदुरलाई अभद्र व्यवहार गर्ने कमजोर पार्ने, श्रम  शोषण गर्ने,  लगायतका अनेकौ अधिकारबाट बन्चित गर्ने काम गर्ने गरेको भन्दै मजदूरको हित विपरित काम गर्ने प्रवृत्तिलाई निस्तेज पार्ने बताउनुभयो ।
अस्पतालले भुकम्पका बेला धरहराको टुप्पोबाट खसेर पनि बाच्न सफल नर्स बविता सेढाईलाइ पनि सम्मान गरेको छ । त्यस्तै भूकम्पका बेला उल्लेख्य योगदान गरेको भन्दै एक दर्जन भन्दा बढि कर्मचारी एवं स्वास्थ्यकर्मीलाई सम्मान गरिएको थियो । 

Last modified on 2016-05-01 16:26:15

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts