नेशनल मेडिकल कलेजको सम्बन्धनमा प्रधानमन्त्री र शिक्षा मन्त्रीको पनि संलग्नताः डा. केसी

सम्बन्धन खारेज नभए २१ गतेबाट पुनः अनशन



Download our app to get more features

काठमाडौं, ११ भदौ। चिकित्सा शिक्षा सुधारको माग राख्दै आन्दोलनरत प्रा.डा गोविन्द केसीले काठमाडौ नेसनल मेडीकल कलेजलाई दिएको सम्बन्धनमा प्रधानमन्त्री र शिक्षा मन्त्रीको पनि संलग्नता रहेको आरोप लगाएका छन् । 

आइतवार विज्ञप्ती जारी गर्दै डा. केसीले जालझेलपुर्ण तरीकाले दिइएको सम्वन्धन तत्काल खारेज नगरे भदौ २१ बाट पुन अनसन बस्ने समेत घोषणा गरेका छन् । विज्ञप्तिमा आफुसंग पटक पटक भएका सम्झौता विपरीत काठमाडौ उपत्यकामा मापदण्ड नपुगेको कलेजलाई सम्बन्धन दिन कुलपति समेत रहेका प्रधानमन्त्री र सह कुलपती शिक्षा मन्त्रीको पनि संलग्नता रहेको आशंका गरेका छन् । ‘ अवैध धन्दामा प्रत्यक्ष संलग्न नभए पनि कुलपतिका रुपमा प्रधानमन्त्रीसमेत त्यसको जिम्मेवारीबाट उम्कन मिल्दैन ।’ उनले भनेका छन् ‘ सो समाचार आएको यति लामो समयसम्म पनि प्रधानमन्त्री  र शिक्षामन्त्री (सह–कुलपति) लगायत पदाधिकारीहरु मौन रहनुले गम्भीर आशंका उब्जाएको छ । ’

चिकित्सा सुधारको माग राखी ११ औ पटक सम्म अनसन बसेका केसी पछिल्लो पटक संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयक तत्काल पास गराउन माग गर्दै अनसन बसेका थिए । दुई हप्ता अघि तराइमा बाढी आएका कारण उनले निसर्त अनसन तोडेका थिए । सो अनसन तोडेको ९ दिन पछि वाडीपिडीतलाई उपचार गर्न सप्तरी पुगेका उनी आइतवार काठमाडौ आइपुग्नसाथ तीन बुदे माग राखी १२ औ अनसनको सरकारलाई  अल्टीमेटम दिएका छन् । 


केसीका तीन माग

१) काठमाडौं नेशनल मेडिकल कलेजलाई दिइएको अवैध सम्बन्धन तुरुन्त खारेज गरियोस् । त्रिविले दुरुपयाग गरेका सम्बन्धन, विद्यार्थी भर्ना र शुल्कसम्बन्धी सबै अधिकारहरु आइओएममा तत्काल फर्काइयोस् । 

२)हामीले दिएका सुझाव र माथेमा प्रतिवदेनअनुसार परिमार्जन गरेर चिकित्सा शिक्षा ऐन तत्काल जारी गरियोस् ।

 ३)  त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारलगायत कार्यकारी परिषद्का सदस्यहरुलाई बर्खास्त गरी तत्काल छानविन र कारवाहीको प्रक्रिया अघि बढाइयोस् । चिकित्सा शिक्षासम्बन्धी न्यायिक जाँचबुझ आयोगको म्याद तत्काल थपेर काम गर्ने वातावरण मिलाइयोस् ।


 

Last modified on 2017-08-31 17:43:35

  1. जुनु भट्टराई

    जुनु भट्टराई हाम्रो डक्टरमा अतिथि सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts