कास्की कारागारका ५० कैदीबन्दी विरामी



Download our app to get more features

पोखरा, १४ भदौ । कास्की कारागारमा रहेका ५० कैदीबन्दी भाइरल ज्वरोका कारण विरामी परेका छन् ।

उनीहरुलाई ज्वरो आउने, रुघाखोकी लाग्ने र वान्ता आउने भएको थियो । यस्तो समस्या भएपछि उनीहरुलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि लगिएको कारगार प्रमुख हरि प्रसाद गौतमले जानकारी दिए ।

उपचार पछि उनीहरु जिल्ला कारागार कास्कीमा फर्किसकेका छन् । विरामी मध्ये कैदी मोहन अधिकारीलाई भने टाइफाइड भएको छ । उनलाई पनि अन्य कैदी बन्दीलाई जस्तै भाइरल ज्वरो आएको र समयमा उपचार नहुँदा टाइफाइड भएको बताइएको छ । उनको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । अधिकारीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको कारागार प्रमुख गौतमले बताए ।

लगातारको वर्षा सगैँ आएको पहिरोको कारण पोखराको पिउने पानी प्रदुषितका कारण खानामा फुड पोइजन भएर उनीहरु विरामी परेको हुन सक्ने चिकित्सकले जनाएका छन् । विगत चार दिन अघिदेखि कैदीबन्दी विरामी हुन थालेका थिए ।  कास्की कारागारमा कुल ७ सय ४ जना कैदीवन्दी रहेका छन् । एकैचोटी धेरै कैदीबन्दी बिरामी हुन थालेपछि अन्य कैदीलाई यस्तो सकंमण फैलन नदिन सचेतना अपनाइएको गौतमले जनाए । 

Last modified on 2017-08-31 07:14:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts