लगातारको खोकी दीर्घ रोगको संकेत (भिडियोसहित)



Download our app to get more features

खोकी लाग्नुलाई नेपाली समाजमा सामान्य रुपमा लिइन्छ । धुँवा धुलो र चिसोका कारण प्रायः नेपालीलाई खोकीले छोड्दैन पनि । तर, खोकीलाई हल्का रुपमा लिनु नहुने बताउँछन् छाती रोग विशेषज्ञ डा. प्रदिपबहादुर बज्राचार्य । डा. बज्राचार्यका अनुसार लगातारको खोकी कुनै गम्भीर रोगको संकेत पनि हुन सक्छ । 

शरीरभित्र अनावश्यक वस्तु प्रवेश गर्दा, त्यसलाई फोक्सोले खोकीमार्फत बाहिर निकाल्ने प्रयत्न गर्छ । खोकी धेरै प्रकारका हुन्छन् । खोकीको अवस्था वा प्रकृति हेरेर मात्र भाइरल संक्रमण हो या, अन्य कुनै रोगको लक्षण भन्न सकिन्छ । 

खोकी लाग्ने मुख्य कारण 

  • नाक, कान, घाँटीमा समस्या हुनु ।
  • फोक्सोमा विभिन्न संक्रमण ।
  • प्रदुषित वातवरण ।
  • अस्वस्थ खानपान ।
  • फोक्सोको संक्रमण ।

लक्षण
खोकी आफैमा कुनै रोगको लक्षण हो । दम, निमोनिया, पिनास, ग्याँष्ट्रिकलगायतको लक्षणका रुपमा खोकी हुनसक्छ । खोकी लाग्नु अघि कसैकसैमा घाँटी चिलाउँने, दुख्ने हुन सक्छ ।

खोकीलाई सामान्य रुपमा लिनु हुँदैन् । अनुमानका भरमा वा विशेषज्ञको परामर्शविना औषधि सेवन गर्दा झन् गम्भीर परिणाम आउन सक्छ । 

खोकीबाट बच्न सबै भन्दा पहिला वातावरण नै स्वच्छ हुनुपर्छ । यो एक व्यक्तिले सम्भव छैन् । राज्यका विभिन्न निकायले वातवरण स्वच्छ बनाउन पहल गर्नुपर्छ । सकेसम्म प्रदुषित वातवरण (धुँवा, धुलो)मा नबस्ने, पोषिलो खानेकुरा खाने । नियमीत व्यायम गर्दा खोकी लगायतका अन्य रोगबाट पनि बच्न सकिन्छ ।

भिडियो हेर्नुस् । 

Last modified on 2017-09-02 11:08:07

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts