बाँझोपनमा महिलाको मात्र दोष हुँदैन !



Download our app to get more features

काठमाडौं । विवाहपछि प्रत्येक दम्पतीको पहिलो सपना भनेको बच्चा नै हो ।

विवाहपछि जब बच्चाकोे हासोले घरमा गुन्जिन्छ तब मात्र त्यो दम्पतीको जीवन सफल भएको मानिन्छ । तर, सबैको यस्तो सपना पुरा हुँदैन । विवाह भएको लामो समयसम्म पनि सन्तान नहुने समस्या झेलिरहेका धेरै दम्पती हाम्रो समाजमा छन् । सन्तान नभएकै कारण समाजमा महिलाले विभिन्न हिंसा र यातनासमेत खेप्न बाध्य छन् । अझै पनि हाम्रो समाजमा बच्चा नहुनुको सबै दोष महिलामाथि नै थोपरिने गरिन्छ । जुन सरासर गलत हो ।

बच्चा नजन्मनुमा महिला मात्रै नभई पुरुष पनि कारण हुनसक्छन् । अर्थात् सन्तान नहुनुको कारण महिला या पुरुष दुवै हुन सक्छन् । कहिलेकाँही दम्पतीमा खराबी नदेखिए पनि गर्भ रहन धेरै वर्ष लाग्न सक्छ । कुनै पनि परिवार नियोजनका साधन नअपनाई नियमित सहवास गर्दा पनि बच्चा नरहे त्यसलाई बाँझोपन भनिन्छ । बाँझोपन महिला पुरुषमा दुवैमा देखा पर्ने एक जटिल समस्या भएको चिकित्सकहरू बताउँछन् ।

विवाह भएको दुई वर्षसम्म कुनै पनि अस्थायी साधन प्रयोग नगरी श्रीमानश्रीमतीसँगै बस्दासमेत सन्तान नहुनुलाई बाँझोपन अर्थात निःसन्तान भनिने डा. सविना श्रेष्ठ बताउँछिन् । डा. श्रेष्ठका अनुसार पाठेघरको नली बन्द भएर महिलामा बाँझोपनको समस्या देखिन्छ भने पुरुषमा शुक्रकीट उत्पादन नहुँदा पनि बाँझोपन देखापर्छ । बाँझोपन महिला र पुरुष दुवैमा हुने भएकाले सन्तान नजन्मनुको दोष महिलालाई मात्र लगाउन नहुने डा. श्रेष्ठको भनाई छ । 

जेरुसलेमस्थित हिब्रु विश्वविद्यालयका डाक्टर हकाई लेभाइन नेतृत्वले गरेका एक  अनुशन्धानमा पुरुषको ‘स्पर्म काउन्ट’ ( विर्यमा शुक्रकीटको संख्या) मा कमी पुरुषमा हुने प्रमुख बाँझोपनाको कारण थियो । उक्त नेतृतले सन् १९७३ देखि २०११ बीचमा ४० वर्ष लगाएर ५० देशमा अध्ययन गरेको थियो । डाक्टर हकाई लेभाइन नेतृत्वले हजारौं नमूना परीक्षण गर्नुका साथै एक सय ८५ वटा अध्ययनसमेत गरेको थियो । अध्ययनका लागि ४२ हजार नौ सय ३५ जनाले विर्यको नमूना संकलन गरी अनुसन्धान गरेको थियो । अध्ययनले ‘टोटल स्पर्म काउन्ट’ ५९ प्रतिशत घटेको देखाएको थियो ।बाँझोपन अर्थात निःसन्तानको समस्या देखा पर्दा समयमै उपचार गरे निको हुनसक्छ । निःसन्तान समस्या देखा परेका महिलालाई दोष र आक्षेप नलगाइ दम्पती मिलेर उपचारमा संलग्न हुने हो भने समस्या समाधान हुने र सन्तान जन्मने डा. श्रेष्ठको भनाई छ । 

सन्तान नहुनुको एउटै कारण छैन
सन्तान नहुनुको कारण महिला अनुसार फरक फरक हुन्छन् । पछिल्लो समय नेपालमा निःसन्तान समस्याको दर बढ्दो छ । त्यसमध्ये महिलामा डिम्बबाहिनी नली बन्द हुने, गर्भपतन गराउने, धेरै मोटो तथा अत्यधिक दुब्लो हुनु पनि बाँझोपनका कारण हुन । बाँझोपन भएका महिलाको उपचारका लागि गुणस्तरिय उपचार तथा प्रविधी भित्रिएका छन् । 

 

Last modified on 2017-09-03 07:06:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts