तीन सय ५० बाढीपीडितको औषधोपचार



Download our app to get more features

सप्तरी, १८ भदौ । सुनसरी आयल सप्लार्यसको आर्थिक सहयोगमा जिल्लाका बाढीपीडितलाई निःशुल्क औषधोपचार गरिएको छ । 

इनरुवा नगरपालिकाको संयोजनमा आज आयोजित एकदिने निःशुल्क स्वास्थ्य शिविरमा सो नगरपालिकाका– ९ र १० का ३५० बाढीपीडितले स्वास्थ्य सेवा लिएको सप्लायर्सका सञ्चालक प्रकाश मारुले जानकारी दिए । सो शिविरमा आएकामा श्वासप्रश्वास, रुघाखोकी, छाला चिलाइ र भाइरल ज्वरोका बिरामी थिए । शिविरमा विराटनगरका विभिन्न चिकित्सकले बिरामीको जाँचका साथै निःशुल्क औषधिसमेत प्रदान गरेका थिए । रासस 

Last modified on 2017-09-03 13:03:49

  1. निशा शर्मा

    शर्मा हाम्रो डक्टरमा संवाददाताको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts