दुई चिकित्सकको लाइसेन्स नम्बर एउटै

को सक्कली को नक्कली !



Download our app to get more features

काठमाडौं, १९ भदौ । केही दिन अघि कलेज अफ मेडिकल साइन्सेस् शिक्षण अस्पताल चितवनले अन्तराष्ट्रिय प्रबिधी तथा विशेषज्ञ चिकित्सकद्वारा २४सैं घण्टा गुणस्तरीय सेवा दिने भन्दै विज्ञापन प्रकाशन गरेको थियो । उक्त विज्ञापनमा डा. जो. एम. दासको तस्विर समेत प्रकाशन गरेको छ । न्यूरो सर्जनको रुपमा कार्यरत डा. दासको एनएमसी लाइसेन्सको नम्बर ५८३९ उल्लेख छ । 

एनएमसी नम्बर ५८३९ मा नेपाली चिकित्सक डा. दिप लामिछानेको नाम दर्ता भएको छ । सोही नम्बर भारतीय चिकित्सक डा. जो.एम. दासको पनि भएको भन्दै विज्ञापनमा सार्वजनिक गरेपछि अन्योल बढेको छ । डा. दास कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल चितवनमा न्यूरो सर्जनको रुपमा कार्यरत छन् ।

नेपाल मेडिकल काउन्सिलका रजिष्टार डा. दिलिप शर्माका अनुसार एनएमसी नम्बर ५८३९ नेपाली चिकित्सक डा. दिप लामिछानेको हो । उनी पाटन अस्पतालमा कार्यरत छन् । तर, डा. लामिछानेको नम्बरमा नै कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल चितवनले डा. दासको नम्बर उल्लेख गर्दै विज्ञापन गरेका छ । 

नेपाल मेडिकल काउन्सिलका अनुसार विदेशी चिकित्सकको लाइसेन्स नम्बरमा १३ अंक हुन्छ । जसअनुसार डा. दासको लाइसेन्स नम्बर १३ अंककै हुनु पर्नेमा कलेजले चार अंक मात्रै राखी विज्ञापन गरेको छ । 

काउन्सिलका अनुसार डा. दासको लाइसेन्स नम्बर ००३–९९–००५८३९–१७ हो । तर, कलेजले बाँकी नम्बर हटाई ५८३९ मात्रै राखेर बदमाशी गरेको छ । काउन्सिलका रजिस्टार डा. शर्माले भने ‘यो जानाजानी राखिएको हो या भुलबस हामी बुझ्छौं ।’ कलेज प्रशासनले भने यस विषयमा जानकारी नभएको बताएको छ । कसले विज्ञापन दिएको हो उसैलाई थाहा होला भन्दै प्रशासन पन्छिन खोजेको छ । 

Last modified on 2017-09-04 20:52:11

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts