भाइरल ज्वरोले मुसिकोटमा ५ सय जना बिरामी

विद्यालय नै बन्द गरिने



Download our app to get more features

गुल्मी, १९ भदौ । गुल्मीको मुसिकोट नगरपालिका १ पौदी थामडाडामा भाइरल ज्वरोको कारण सयौं मानिस बिरामी परेका छन । 

गाँउका करिब ५ सय जना स्थानीय बिरामी भएको स्थानीय सरस्वती माबिका शिक्षक मोहन घिमिरेले जानकारी दिए । ज्वरोको प्रकोप भएको कारण मुसिकोट १ मा रहेका सरस्वती माबि, सिद्ध प्राबि, चन्द्र निमाबीमा बिद्यार्थीको संख्या आधा घटेको र बिद्यालय नै बन्द गर्नुपर्ने अवस्था रहेको समेत उनले बताए । 

गत हप्ताबाट बिरामीको संख्या ह्वात्तै बढेको समेत घिमिरेले जनाए । स्थानीय स्थानीयले तत्काल स्वास्थ्य सेवा त्यस क्षेत्रमा पुर्याउन माग गरेका छन ।

यसैबीच मुसिकोट नगरपालिकाले बिरामीहरुको तत्काल उपचारमा प्रबन्ध गर्न पहल पहल थालेको छ । नगरपालिकाका मेयर सोमनाथ सापकोटाले मुसिकोट नगरपालिकाका हेल्थ इन्चार्ज डिबी जिसीको समन्वयमा जिल्ला जनस्वास्थ्य कार्यालयमा जानकारी गराइएको र उपचारको प्रबन्ध तत्काल गरीने प्रतिक्रिया दिए ।

Last modified on 2017-09-04 20:51:47

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts