उच्चस्तरीय समितिको पहिलो बैठक सम्पन्न 



Download our app to get more features

काठमाडौं २० भदौं । नयाँ स्वास्थ्य नीतिमा समाबेश गर्ने विषयमा केन्द्रित रहेर मंगलबार उच्चस्तरीय समितिको पहिलो बैठक सम्पन्न भएकोे छ । मन्त्री परिषद्को ५ भदौंको निर्णय अनुसार उक्त समिति गठन भएको थियो । ११ सदस्य रहेको यस समितिको अध्यक्ष स्वास्थ्यमन्त्री गिरिराजमणी पोखरेल हुन् । 

बैठकले समितिको कार्ययोजना, विभिन्न कार्यदल गठन, नीति निर्माण सम्बन्धी कागजात, सुझाब संकलनका लागि गोष्ठी सेमीनार सञ्चालन र बजेटका बारेमा छलफल गरेको जनाइएको छ । छलफलले नौ  क्षेत्रमा कार्यदल बनाएर अगाडी बढ्ने निर्णय पनि गरेको छ । तर, कुन क्षेत्रको जिम्मा कसले लिने भन्ने टुङ्गो भने लगाएको छैन । समितिको अर्काे बैठक शुक्रबार बस्दैछ । 

समितिको कार्यकारी उपाध्यक्षमा डा. महेश मास्के, सदस्यहरूमा डा. बद्रिराज पाण्डे, डा. शरद वन्त, डा. सेनेन्द्रराज उप्रेती, डा. पदमबहादुर चन्द, डा. वाईपी सिंह, डा. दयालक्ष्मी वैद्य, डा. वासुदेव उपाध्याय र डा. पुष्ष चौधरी छन् । 

Last modified on 2017-09-05 17:40:35

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts