सशस्त्र प्रहरीद्वारा ३ सय ५५ जनाको स्वास्थ्य जाँच



Download our app to get more features

राजविराज (सप्तरी), २२ भदौ । सप्तरीमा हालै आएको बाढी र पहिरोबाट प्रभावित जिल्लाको हनुमाननगर कंकालनी नगरपालिका–१४ डलवामा सशस्त्र प्रहरीले एकदिने स्वास्थ्य शिविर तथा राहत वितरण गरेको छ । 

केन्द्रीय सशस्त्र प्रहरी महिला सङ्घ तथा क्षेत्रीय सशस्त्र प्रहरी परिवार महिला सङ्घले संयुक्तरुपमा राहत वितरण तथा स्वास्थ्य शिविर सञ्चालन गरेको हो । 

कार्यक्रममा डलवाका ३ सय ५५ जना बाढीपीडितको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरिएको सशस्त्र प्रहरी उपरीक्षक रामआधार यादवले जानकारी दिए । 

सशस्त्र प्रहरीका डा सन्तोष बजगाईं र सन्दीप क्षेत्रीको एक टोलीले स्वास्थ्य जाँच गरेकोे सशस्त्र प्रहरीले जनाएको छ । 

यस्तै त्यहाँ रहेका २ सय बाढीपीडित परिवारलाई राहतसमेत वितरण गरेको सो कार्यक्रममा सहभागी चन्दन यादवले जानकारी दिए । 

कार्यक्रममा पूर्वक्षेत्रीय प्रहरी बल नेपाल, मु्ख्यालय बराह वाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक जानकीराज भट्टराई, केन्द्रीय सशस्त्र प्रहरी महिला सङ्घका अध्यक्ष सरिता श्रेष्ठ, क्षेत्रीय प्र्रहरी महिला सङ्घकी अध्यक्ष बबिता भट्टराई र सप्तरी सशस्त्र प्रहरी उपरीक्षक रामआधार यादव सहितको सहभागिता थियो । 
 

रासस

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts