मिर्गौला तस्करी काण्डः भाग २

मिर्गौला तस्करी काण्ड-भाग २: मिर्गौला दलाल बस्नेत भन्छन्ः नौ लाख म आफैले बुझेँ र बाँडे

पीडितलाई एक लाख २५ हजार मात्रै



Download our app to get more features

‘हाम्रो डक्टर’ टिम मिर्गौला बेच्ने नविन खत्री र उनको परिवार बस्दै आएको काठमाडौंको गोंगबु बसपार्कस्थित होटलमा प्रकाश बस्नेत (किड्नी बिक्री गर्ने दलाल) पैसाको डिल गर्न पुग्दै गरेको थाहा पाएपछि त्यहाँ पुग्यो । ‘हाम्रो डक्टर’ को स्टिङ अप्रेशनमार्फत गोप्य रुपमा त्यहाँ भएका कुराकानी रेकर्ड गरिएको छ । उक्त डिल गर्ने बेला मिर्गौला बेच्ने नविन, उनकी आमा, होटल सञ्चालक, मिगौला तस्कर प्रकाश बस्नेत र प्रकाशका भाई थिए । त्यसक्रममा मिर्गौला तस्कर प्रकाश र उनका भाईले बोलेको कुरा जस्ताको तस्तै उतारिएको छ । (सुन्नुहोस् अडियो)

अडियोको ट्रान्सकाइप भर्सन पढ्नुहोस् 

प्रकाश बस्नेत: शान्ता श्रेष्ठ ( मिर्गौला लिने सम्भुलालकी श्रीमती ) सँग कुरा गरेको त्यहीँ त हो नी । सबैले पैसाको कुरामा उ..उ.. गर्छन् । मिर्गौला लिनेले नौ लाख दिएका हुन् । नौ मध्ये सबै पैसा दलालले खाएका हुन् । नारन र विकासले हो नी पैसा लगेको । उनलाई नारनले नै ल्याएको हो । पैसा पनि नारनले लग्यो । 

विकास अहिले जेलमा छ । अस्ती हामीले उसलाई जेलमा भेटेर आएको हौं । काभ्रे घर भएको उसको नाम विकास तिमिल्सीना हो । यसअघि पनि यस्तंै मिर्गौला बेच्ने केसमा ऊ जेलमा परेको हो । ऊ जेलभित्र छ, अहिले । अस्पतालको मान्छेले त लिएको हो (पैसा) । लिन चाही डेढ लाख लिएको हो । मिर्गौला बेच्नेलाई पैसा दिन मैले झगडा नै गरे नी । सबैले लिए । 

हिजो म गाडीमा थिए । सबै ठुला–ठुला नेता भएका बेलामा सबै कुरा के गर्ने भनेर हजुरसँग पछि कल (फोन सम्पर्क) गर्छु भनेको हो । सबै जना साथी मिलेर पैसा उठाएर सहयोग गर्ने भन्ने कुरा भएको हो । अहिले यतिखेर आएर कोहीले के भन्छन्, कोहीले के भन्छन् । मलाई बेकारको तनाव बनाए । यो भाईको उ गरेर (किड्नी बेचेर) मलाई धेरै धनआर्जन भएको छैन । बाईकमा तेल हाल्न १०÷२० हजार पैसा लिएको हुँला । त्यो आफ्नो ठाउँमा छ । नत्र त्यस्तो उ... होइन मलाई । 

उनको सानो बच्चा रै’छ । केही होस् भनेर सहयोग गर्न खोजको हो । म पनि मिर्गौला फेरेको मान्छे हो । एक÷दुई वर्ष सकियो । अब दुई÷चार वर्ष बाँचिएला । उनको बच्चा (नविन खत्रीको छोरा) लाई सहयोग गर्न पर्छ भनेर लागेको हो । त्यही भएर उनको भाई ( मिर्गौला लिनेको भाई) र शान्ता (मिर्गौला लिनेकी श्रीमती) को ज्वाईलाई यहाँ बसेको ठाउँमा (पीडित बसेको होटल) पठाएको हो । तर, अहिले सबै जना बाङ्गो कुरा गर्छन् । जेलभित्र हुनेले त के दिन्छ र । जेलमा पैसा माग्न जाने कुरा पनि भएन । मेरो सोंच ४÷५ लाख हो । यो पाँच लाख पनि चार जनाबाट उठाउनु पर्ने थियो । शान्ता, म र टिचिङ अस्पतालका दुई जना कर्मचारीबाट पाँच लाख जम्मा गरेर दिनु प¥यो, भन्ने हाम्रो शुरुमा कुरा भएको हो । सबैले हुन्छ नी भनेँ । तर, अहिले लाष्टमा आएर कोही फोन उठाउँदैनन् । धनेसँग कुरा भएको थियो, कावासोती छु भन्छ । 

पोखराबाट पठाउने नारन हो । तर, थर र स्थायी ठेगाना थाहा छैन । नारन भन्ने मान्छे विकास उपाध्याय (तिमिल्सीना) कहाँ आयो । अहिले उनी जेलमा छन् । नारनले विकाससँग सम्पर्क गरेर यस्तो मान्छे आउँदै छ, शान्तासँग सम्पर्क गराईदिनु भने । मलाई विकासले नारनको नाम र नम्बर दियो । मैले उनलाई त्यहाँ (कलंकी) पुलनिर भेटँे र किड्नी दिनेलाई लिए । तल होटलमा लगेर चिया बिस्कुट खुवाए । त्यसपछि शान्ताकहाँ लगेर छोडिदिए । नारनसँग धेरै चिनजान भएको पनि होइन । नारनलाई एक चोटी देखेको हो । 

खोई टिचिङका मान्छेले कसरी मिलाए । शुरुमा हामीले समात्दाखेरी नै त्यसले फेरी पनि मान्छे लिएर आएको थियो । विकास भन्ने कहाँबाट फोन गरेको थियो । विकासलाई जेलमा राखेको थियो । विकासलाई समातेपछि प्रहरीले काले भन्नेलाई छोडिदियो । हरिले मलाई विकासलाई प्रहरीले समातिर’ेछ त्यसलाई फोन नगर्न भन्यो । भोलीपल्ट प्रहरीले विकासको नम्बरबाट फोन गर्न लगायो । मंैले हुन्छ, आउनु भनेर बोलाए । त्यसपछि हरि गायब भयो । प्रहरीले मलाई समात्यो ।

मिर्गौला लिने व्यक्ति अस्पतालमार्फत सम्पर्कमा आएको हो । हामी पनि अस्पताल जानी र मिर्गौला लिने व्यक्ति पनि अस्पताल जानी भएपछि भेटेको हो । वास्तवमा धनेमार्फत भेटेको हो । उनीसँग कुरा भइराख्छ । धनेले ल दाई मिलाउँछु भन्यो । डकुमेन्ट नक्कली बनाएपछि सक्किहाल्यो नी । अहिले उनको मिर्गौला निकाल्ने डाक्टर रविन्द्र त्यहाँ छैनन् । मेरो सोंच तीन जना मिलेर पाँच लाख दिनेसम्मको छ । तर, अहिले शान्तालाई फोन गरेको फोन नै उठाउँदैन । अब उनको घर जान्छु ।  

डेढ लाख टिचिङका कर्मचारीले लिए 
दलालको भाई: टिचिङको कर्मचारी धने गुरुङको पनि मिर्गौला ट्रान्सप्लान्ट गरेको रहेछ । अहिले त उसको मिर्गौला पुरै सुन्निसकेको रहेछ । उसलाई मैले अस्ती गएर भेटेको ५० हजार मात्र दिन्छु भन्थ्यो । मैले पछि चासो दिइन । टिचिङमा धने र कुमारले पैसा लिएका हुन् । शान्तालाई पनि भेटेर डेढ–डेढ लाख उठाएर दिने भन्ने कुरा भएको हो । तर, पैसा दिएका छैनन् । आज गएर फेरी भेट्ने हो । सबैतिर कुरा भयो । तर, कसैले पैसा दिएनन् । लाजमर्दो कुरा भयो । त्यसपछि यहाँ (मिर्गौला दिनेको कोठामा) आईएन । उनलाई गाडी पनि निकाल्ने कुरा भएको थियो । तर, उनले पैसा जाँड खाएर सकेछन् । 

प्रकाश बस्नेत: गाडी किनिदिन्छु र १० लाख दिन्छु भनेको होइन । सुरेशले गाडी निकालिदिन्छु भनेको हो । यदि गाडी सिकेर काम गरेर खान सक्ने हो भने त्यो ठूलो कुरा भएन । लोन निकालेर गाडी किन्न सकिन्छ । सिआईबीमा हुँदा सबैले पैसा दिने भनेपछि पाँच लाख दिने कुरा भएको हो । मैले पाँच लाखमा कुरा गरेको हो ।  
दलालको भाई: दिदी (नविनकी आमा) गल्ती उसको (नविन) पनि हो । १२ वर्षको छोरो भएको मान्छेले मिर्गौला बेच्ने अनि अबुझ भन्न मिल्छ । बुझेरै बेचेको हो । पैसा पायो, खायो । कति लाख पायो, त्यो थाहा भएन । 

प्रकाश: १० लाख दिन्छु भनेको होइन । गाडी लोनमा लिने र दिने कुरा भएको हो । शान्ताको ज्वाई (सुरेश) ले उनलाई टिचिङमा खाजा खाने बेलामा तपार्इंले यो पैसा नमास्नुस् । यो पैसा ट्याक्सीमा लगानी गर्नुस् भनेका हुन् । सुरेशले नपुगे लोन खोजेर पु¥याइदिन्छु भनेका थिए । उनको पनि मिनि ट्रक छ, ईट्टा बोक्ने । मिर्गौला लिनेले हामीलाई टोटल (कुल) ९ लाख दिएको हो । ९ लाख मैले लिए । मैले लिने उनीहरू (नारन र नविन)लाई दिने गरे । भाई (नविन) लाई नारनले तीन लाख ५० हजार दिने भनेको रहेछ । बाँकी पैसा उल्ले लिदैँ नारनलाई दिदैँ ग¥यो । नारनले धनेलाई दिनु भनेर डेढ लाख दिएको थियो । मलाई त बीचमा बनाए नी । बाँकी पैसा विकास र जनकले कहाँ–कहाँ खर्च गरे थाहा भएन । 

म अब जान्छु । म ती दुईटा (त्रिवि शिक्षण अस्पालका कर्मचारी) लाई टिचिङ गएर भेट्छु । तीनै जनासँग कुरा गर्छु । उनीहरुले के भन्छन्, त्यसपछि म तपाईलाई फोन गर्छु । हुने रहेछ भने हुन्छ दिदी भन्छु । हुने रहेनछ भने त्यसपछि तपार्इं जे इच्छा लाग्छ, गर्नुस् । मेरो केही लाग्दंैन । मैले मात्र सबै कुरा गर्ने होइन । टिचिङका कर्मचारीलाई म एक पटक गएर भेट्छु । मंैले फोन गर्दा नवलपरासी कावासोती छु भन्ने टिचिङका कर्मचारी (धनबहादुर गुरुङ) अहिले अस्पतालमा रहेछ । म उसलाई गएर भेट्छु । हामी दुई जना अहिले गएर भेट्र्छाैँ । उनीहरूले जे भन्छन्, म त्यहीँ कुरा तपाईलाई भन्छु । 

धनेले टिचिङमा कागजात मिलाउने र दर्ता चलानी गर्ने काम गर्छन् । मैले त अर्को दलालले पैसा दिन भनेर दिएको हुँ । उनले त्यहाँभित्र कागज मिलाउने काम गर्छन । नक्कली डकुमेन्ट बनाए । त्यहाँ सेटिङ मिलाउन धने (धनबहादुर गुरुङ)ले पैसा लिएको हो । अहिले सबै जना पन्छिन्छन् । 

यो पनि पढ्नुहोस्

Exclusive-1 : त्रिवि शिक्षण अस्पतालबाटै मिर्गौला तस्करी [ फर्जी नागरिकता बनाई नाता प्रमाणित ]

Last modified on 2017-09-10 11:25:36

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts