मिर्गाैला तस्करी काण्ड भाग- ३

सिआईबी भन्छ : मिर्गौला तस्करी भएकै हो



Download our app to get more features

काठमाडौं, २४ भदौ । त्रिवि शिक्षण अस्पतालमा भएको मिर्गौला तस्करी घटनामा अस्पतालको संलग्नता बारे अनुशन्धान गर्नु पर्ने केन्द्रीय अनुशन्धान ब्यूरो (सिआइबी) की प्रवक्ता मिरा चौधरीले बताएकी छन् । ‘वास्तवमा मिर्गौलाको तस्करी भएको छ । यसमा अस्पतालको संलग्नता बारे थप अनुशन्धान गर्नुपर्छ ।’ सिआईबी प्रवक्ता चौधरी भन्छिन्, ‘अहिले मिर्गौला बेच्ने र लिनेबीच कुरा नमिलेको मात्र हो । पैसाको लेनदेन नमिल्दा त्यहाँ हामीले मिलाइदिन सक्दैनौँ ।’ 

म्याग्दी बेनी नगरपालिकाका नविन खत्रीले काठमाडौं म्हैपीका सम्भुलाल श्रेष्ठलाई मिर्गौला बिक्री गर्ने क्रममा दलालले नक्कली नागरिकता बनाईदिएको विषय भने सिआइबीले अनुशन्धान गरिरहेको छ । मिर्गौला बेच्ने क्रममा दलालहरूरे नविन खत्रीको नागरिकतामा थर परिर्वतन गरेको बिषयमा भने अनुशन्धान जारी रहेको प्रवक्ता चौधरीले बताइन । 

नागरिकताको विषयमा अनुसन्धान भइरहेको तर, केस टुङ्गि नसकेको सिआईबीका प्रवक्ता चौधरीले बताइन । प्रवक्ता चौधरीले भनिन ‘हामीले नागरिकताको विषयमा मात्रै अनुसन्धान गरिरहेका छौँ ।’ उनीले जिल्ला प्रशासन कार्यालयबाट नभई बाहिरबाट फर्जी नागरिकता बनेको बताइन । 

सिआईबीका अनुसार त्रिवि शिक्षण अस्पतालको रेकर्डमा नविनले  राजीखुसीमै मिर्गौला दिएको हस्ताक्षर भएकाले यो घटनामा खत्री आफै पनि संलग्न भएको दखिन्छ । यही कारण सिआईबीले मिर्गौला तस्करीको विषयमा अनुसन्धान नगरेको प्रवक्ता चौधरीको भनाइ छ । सिआईबी प्रवक्ता चौधरीले पीडित भनेर प्रहरीकहाँ आएका व्यक्ति आफैं घटनामा संलग्न भएको देखिएको बताइन । सिआईबीले फर्जी नागरिकता बनाउनेमाथि अनुसन्धान गरिरहेको र अनुसन्धानपछि संलग्न सबै जना कार्वाहीको दायरामा आउने जनाएको छ ।

याे पनि पढ्नुहाेस्  

मिर्गौला तस्करी काण्ड-भाग २: मिर्गौला दलाल बस्नेत भन्छन्ः नौ लाख म आफैले बुझेँ र बाँडे [ पीडितलाई एक लाख २५ हजार मात्रै ]

मिर्गौला तस्करी काण्ड-भाग १: त्रिवि शिक्षण अस्पतालबाटै मिर्गौला तस्करी [ फर्जी नागरिकता बनाई नाता प्रमाणित ]

Last modified on 2017-09-10 11:25:51

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

1 Comments

  1. Nepal maa sabbai sambhab chha hai?


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts