विश्व आत्महत्या रोकथाम दिवस

यस्ता छन् आत्महत्या सम्बन्धी १० तथ्य



Download our app to get more features

काठमाडौ । आज सेप्टेम्बर १० अर्थात विश्व आत्महत्या रोकथाम दिवस । आज ‘जीवन परिवर्तनका लागि एक मिनेट‘ भन्ने नाराका साथ विश्वभर आत्महत्या रोकथाम दिवस मनाइँदै छ । आत्महत्या डरलाग्दो ढङ्गबाट मृत्यूको कारणको रुपमा देखापर्दै आएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा प्रत्येक वर्ष ८ लाखभन्दा बढी व्यक्तिले आत्माहत्या गरेर आफ्नो ज्यान लिन्छन् । मृत्युको प्रमुख कारण बन्दै आएको आत्महत्या सम्बन्धि १० वटा तथ्य यहाँ प्रस्तुत गरिएको हो । 

आत्महत्या सम्बन्धि महत्वपुर्ण १० तथ्यहरु : 

  1. बिश्व स्वास्थय सगंठनका अनुसार बर्षेनि करिव आठ लाख भन्दा बढि ब्याक्तिहरुले आत्महत्याका कारण ज्यान गुमाउने गरेका छन् । 
  2. विश्वभरमा प्रत्येक ३ सेकेन्डमा आत्महत्याको प्रयास र ४० सेकेन्डमा एक जना मानिसले आत्महत्याका कारण जीवन गुमाइरहेका छन्। 
  3. बिश्वभर हत्या र युद्ध भन्दा बढि आत्महत्याका कारण मानिसहरुको मृत्यु हुने गरेको छ । 
  4. विश्वभर मृत्यु हुने प्रमुख कारणमध्ये आत्महत्या पन्ध्रौ प्रमुख कारणको रुपमा रहेको छ । 
  5. विश्वभर ७० बर्षभन्दा बढि उमेरका मानिसहरुमा आत्महत्याको दर उच्च रहेको छ  । 
  6. १५ देखि २५ बर्ष उमेर समुहमा बिश्वभर आत्महत्या दोश्रो सबैभन्दा प्रमुख मृत्युको कारण हो । 
  7. जीवन गुमाउनेको संख्या ७० प्रतिशत भन्दा बढि आत्महत्या गरिव देशहरुमा हुने गरेको छ । 
  8. आत्महत्याको प्रयास पुरुषहरुको तुलनामा महिलाहरुमा २÷३ गुणा बढि देखिन्छ । तर आत्महत्याको कारण ज्यान गुमाउनेको सङ्ख्या भने महिलाको तुलनामा पुरुषको तिन गुणाले बढि छ । 
  9. नेपालमा प्रतिबर्ष १६ प्रतिशत मृत्युको कारण आत्महत्या हुने गर्दछ ।
  10. नेपालमा प्रत्येक महिना करिब एक दर्जनभन्दा बढी ब्यक्तिले आत्महत्या गर्छन जुन बिश्व मै सातांै उच्च आत्महत्याको दर हो । यो दर दक्षिण एसियाली देशहरुमा श्रीलङ्का पछिको सर्वाधिक हो । 
     
Last modified on 2017-09-10 20:05:39

  1. निशा शर्मा

    शर्मा हाम्रो डक्टरमा संवाददाताको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts