चश्मा लगाउनेको संख्यामा वृद्धि



Download our app to get more features

नगरकोट, २५ भदौ । पछिल्लो समयमा भक्तपुरमा चश्मा लगाउनेको संख्या बढेको छ । 

अहिलेका बालबालिकाले धेरै समय कम्प्युटर र मोबाइल चलाउने भएका कारण चश्मा लगाउनेको संख्या बढेको जिल्ला सामुदायिक आँखा केन्द्र भक्तपुरका प्रमुख धिरज अधिकारीको भनाइ छ । धुलो धुवाँमा हिँड्ने, लामो समयसम्म टेलिभिजन हेर्ने लगायतका कारण पनि धेरैको आँखामा समस्या देखापरेको छ । 

पन्ध्रदेखि ६० वर्ष उमेर समूहमा विभिन्न खालका रोग देखिने गरेको केन्द्रका प्रमुख अधिकारी बताउछन् । आँखाका बारेमा विद्यालयका शिक्षक, महिला स्वास्थ्य स्वयंसेविकासहित विभिन्न सरोकारवालामार्फत चेतना फैलाउने कार्य भइआए पनि वातावरणीय प्रभावका कारण पनि आँखाको समस्या बढेको विज्ञहरु बताउँछन् । विगतमा फाट्टफुट्ट रुपमा देखिने आँखाका समस्या लिएर अहिले दिनमा ६० देखि ७० जना दैनिकजसो केन्द्रमा आउने गरेका छन् । 

धुलो धुवाँमा हिँडेर घर फर्केपछि आँखालाई पानीमा डुबाएर धुने, प्रशस्त पानी पिउने, जथाभावी औषधिको प्रयोग नगर्ने, कीरा आउने बत्तीको नजिक नबस्ने जस्ता कुरामा ध्यान दिनसके आँखाका रोगबाट बच्न सकिने अधिकारीको भनाइ छ । यही भदौ २७ र २८ गते बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म भक्तपुर ब्रम्हायणी पिठमा निःशुल्क आँखा शिविर आयोजना गर्न लागिएको पनि उनले बताए । 

अधिकारीकाअनुसार सो शिविरमा भेटिएका मोतियाबिन्दुका बिरामीलाई त्यही नै निःशुल्क शल्यक्रिया गरिने गरिने छ । रासस 

Last modified on 2017-09-10 16:57:40

  1. निशा शर्मा

    शर्मा हाम्रो डक्टरमा संवाददाताको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts