ज्येष्ठ नागरिकका लागि स्वास्थ्य स्याहार कार्यक्रम



Download our app to get more features

पोखरा, २७ भदौ । स्याङ्जाको फेदीखोला गाउँपालिकाले गाउँपालिकाभित्र रहेका ज्येष्ठ नागरिकका लागि स्वास्थ्य स्याहार कार्यक्रम शुरु गरेको छ । 

साठी वर्षभन्दा माथिका नागरिकका घरघरमा पुगेर गरिने स्वास्थ्य स्याहार कार्यक्रमको गाउँपालिकाको बडाचौरका १०२ वर्षीय मनध्वज थापाको स्वास्थ्य परीक्षणबाट शुरु गरिएको हो । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा अमृत पोख्रेलले थापाको स्वास्थ्य परीक्षण गरेर कार्यक्रमको शुभारम्भ  गरेका थिए । पाँच दिनसम्म गाउँपालिकाका सबै वडामा विभिन्न स्वास्थ्यविज्ञको १२ समूह बनाएर परिचालन गरिने गाउँपालिकाका प्रमुख घनश्याम सुवेदीले जानकारी दिए। कार्यक्रमका लागि गाउँपालिकाका सात स्वास्थ्य केन्द्रबाट २३ स्वास्थ्यकर्मी, ३६ महिला स्वास्थ्य स्वयंसेवी, २९ प्रतिनिधि र पाँच विषयगत कार्यालयका गरेर ९३ जना जनशक्ति परिचालन गरिएको छ । 

स्वास्थ्य परीक्षण गरिसकेपछि दुई दुई महिनामा स्वास्थ्य शिविरसमेत सञ्चालन गरिने तथा अस्पताल जान नसकेकाहरुलाई स्वास्थ्य शिविरमा उपचार गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा ६० वर्ष उमेर पुगेका एक हजार ७११ जना छन् । रासस 

Last modified on 2017-09-12 12:15:42

  1. निशा शर्मा

    शर्मा हाम्रो डक्टरमा संवाददाताको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts